शुक्रबार, कात्तिक २१, २०८२

स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी

 |  सोमबार, मंसिर १७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १७, २०८१

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा नेकपा (एमाले) की सुलोचना भण्डारी निर्वाचित भएकी छन्।

Kumaribank

उनले १ हजार ७ सय ४० मत ल्याइन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी पुल्तीसरा शाहीले १ हजार ४ सय ७४ मत ल्याइन् भने एकीकृत समाजवादीकी जपा शाहीले ५ सय ५३ मत हात पारिन्।

गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवारले एमालेलाई समर्थन गर्दै प्रतिस्पर्धाबाट बाहिरिएका थिए। केन्द्रको नीति, निर्णयविपरीत भएको भन्दै माओवादी केन्द्रले एकीकृत समाजवादीलाई समर्थन गर्ने बताएको थियो।

२०७९ सालको निर्वाचनमा स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसकी मैना जोशी निर्वाचित भएकी थिइन्।

प्रकाशित: Dec 02, 2024| 06:56 सोमबार, मंसिर १७, २०८१
प्रतिक्रिया दिनुहोस्