आइतबार, मंसिर २८, २०८२

पहिलोपल्ट स्थानीय निर्वाचन लडेको रास्वपाले काठमाडौं-१६ जित्यो

 |  सोमबार, मंसिर १७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १७, २०८१

काठमाडौं महानगरपालिका वडा नम्बर १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रोजिना श्रेष्ठ विजयी भएकी छन्।

National life

स्थानीय तहमा यो रास्वपाको पहिलो सहभागिता हो। यसअघिका स्थानीय तह निर्वाचनमा रास्वपा सहभागी भएको थिएन।

रास्वपाकी श्रेष्ठले २९०२ मत ल्याएर निर्वाचित हुँदा एमालेका लक्ष्मीरत्न तुलाधरले २२२० मत पाएर दोस्रो भएका छन्। २०७९ मा विजयी भएको नेपाली कांग्रेस भने तेस्रोमा धकेलिएको छ। कांग्रेसका देवेन्द्र पाठकले २२१४ मत पाएर तेस्रो भए। यो वडाबाट कांग्रेसका पूर्वउपसभापति समेत रहेका उपप्रधानमन्त्री प्रकाशमान सिंहले पनि मतदात गरेका थिए।

यस्तै एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले १०९२ मत पाउँदा राप्रपाका श्यामकृष्ण श्रेष्ठले ७७४२ मत पाए भने स्वतन्त्र उम्मेदवार देवेन्द्रकुमार श्रेष्ठले ४९८ र अर्का स्वतन्त्र सम शाक्यले ३३४ मत पाएका छन्।

यो वडामा यसअघि कांग्रेस विजयी भएको थियो। कांग्रेसबाट निर्वाचित मुकुन्द रिजालको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 02, 2024| 06:53 सोमबार, मंसिर १७, २०८१
प्रतिक्रिया दिनुहोस्