कीर्तिपुर नगरपालिकाको मेयर र दुई वडाध्यक्षका लागि भएको स्थानीय तह उपनिर्वाचनको मतगणना आजै सुरु गरिने भएको छ।
मतदानस्थलबाट उपनिर्वाचनको मतपेटिका ल्याइसकिएको र सर्वदलीय बैठक बसिरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
कीतिपुरमा ३१ हजार ११९ मतदातामध्ये २१ हजार ३१५ मत खसेको छ ।