बुधबार, जेठ २०, २०८३

मतदान सकियो, आजै रातिदेखि गणना गरिने

 |  आइतबार, मंसिर १६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १६, २०८१
National life
Shivam cement

काठमाडौं- स्थानीय तहका विभिन्न ४१ पदमा आज उपनिर्वाचन भएको छ। बिहान ७ देखि साँझ ५ बजेसम्म शान्तिपूर्ण रुपमा मतदान भएको निर्वाचन आयोगले जनाएको छ। कति प्रतिशत मतदान भयो भन्ने यकिन विवरण आउन बाँकी छ।

आज रातिबाट नै मतगणनाको काम सुरु हुने आयोगले बताएको छ। नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन भएको हो।

निर्वाचनमा २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन्। जिल्ला समन्वय समिति ओलखढुंगा र कैलालीका प्रमुखमा क्रमशः नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीकाकुमारी चौधरी (भूल) तथा रुकुम (पूर्वी भाग) पुगा उत्तरगंगा गाउँपालिका वडा नं २ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का जगत घर्ती निर्विरोध निर्वाचित भइसकेका छन्।

प्रकाशित: Dec 01, 2024| 16:57 आइतबार, मंसिर १६, २०८१
प्रतिक्रिया दिनुहोस्