बुधबार, साउन १३, २०८३

रेलिगेशन जोनमा रहेको साउथह्याम्टनसँग चेल्सीले अंक बाँड्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले बराबरी खेलेको छ  । बुधबार राति घरेलु मैदानमा भएको खेलमा चेल्सीले रेलिगेशन जोनमा रहेको साउथह्याम्टनसँग गोल रहित बराबरी खेलेको हो ।

७२ प्रतिशत खेल नियन्त्रणमा राखेपनि चेल्सीले गोल गर्न भने सकेन । अंक बाँड्नु परेपछि चेल्सी प्रशिक्षक माउरिजियो सारीले चेल्सीलाई स्ट्राईकरको खाँचो रहेको बताएका छन् । पछिल्ला ११ खेलमा साउथह्याम्टनले पहिलो पटक अंक जोड्न सफल भयो ।

ईडेन हजार्ड र अल्भारो मोराटाले गोलका सुन्दर अवसर गुमाएका थिए । चोटका कारण ओलिभर जिराउडले घरेलु मैदानमा भएको खेलमा अनुपस्थित थिए । चेल्सी २१ खेलबाट ४४ अक जोड्दै तालिकाको चौथो स्थानमा यथावत छ । 

उसले दोस्रो स्थानको म्यान्चेष्टर सिटीसँग अंक दुरी घटाउने मौका गुमाएको छ । साउडह्याम्पटन १६ अंक सहित रेलिगेशन जोनमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।