बिहीबार, मंसिर २०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

नेपाल प्रिमियर लिग : विराटनगरविरुद्ध जनकपुरको शानदार जित

 |  शनिबार, मंसिर १५, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १५, २०८१

ntc landingntc landing

काठमाडौं- नेनेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको छ। विराटनगरले दिएको १२८ रनको लक्ष्य पछ्याएको जनकपुरले १५ ओभर ३ बलमा २ विकेट गुमाएर पूरा गर्यो।

himalayan bank box

कीर्तिपुरस्थित त्रिवि मैदानमा एनपीएलको पहिलो खेलमा शनिबार जनकपुर बोल्ट्सले विराटनगरलाई ८ विकेटले पराजित गर्‍यो।

टस जितेर ब्याटिङका लागि निम्तो पाएको विराटनगर किंग्सले जनकपुर बोल्ट्सामु सामान्य लक्ष्यमात्र प्रस्तुत गर्न सक्यो। निर्धारित २० ओभरसमेत खेल्न नसकेको विराटनगर किंग्सले सबै विकेट गुमाएर मात्र १२८ रनको योगफल खडा गर्‍यो।

१२८ रनको झिनो लक्ष्य जनकपुर बोल्ट्सले ओभरमा १५.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो। जनकपुर बोल्ट्सका लागि लाहिरू मिलन्थाले पहिलो खेलमै अर्धशतकीय इनिङ खेले। उनले ५३ बलमा ७५ रन बनाएर नटआउट रहे। ठाकरले २९ रन बनाए।

त्यस्तै हर्ष ठाकरले रन बनाए। कप्तान अनिल शाह र मार्की खेलाडी आशिफ शेख सस्तैमा आए भए पनि मिलन्था र ठाकरको जबरजस्त साझेदारीले विराटनगर किंग्सलाई सहजै पराजित गर्‍यो।

vianet

विराटनगरका लागि क्रिस सोल र प्रतिश जिसीले समान १ विकेट लिए।

यसअघि ब्याटिङ गरेका विराटनगर किंग्सका मार्टिन गुप्टिलबाहेक अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्। गुप्टिलले अर्धशतकीय इनिङ खेल्दै ५५ रन बनाए। एनपीएलकाे इतिहासमा अर्धशतक बनाउने उनी पहिलाे ब्याटर बनेका हुन्।

एनपिएलअन्तर्गत आइतबार कुनै पनि खेल हुने छैन।

सोमबार दुई खेल हुनेछन्। सोमबार हुने पहिलो खेलमा काठमाडौं गुखार्ज र चितवन राइनोज र दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबिच प्रतिस्पर्धा हुनेछ। पहिलो खेल बिहान सवा ९ र दोस्रो खेल दिउँसो सवा १ बजे सुरु हुनेछ।

प्रकाशित: Nov 30, 2024| 16:02 शनिबार, मंसिर १५, २०८१
प्रतिक्रिया दिनुहोस्