बिहीबार, जेठ २२, २०८२

एनपिएलः विराटनगरले जनकपुरलाई दियो १२८ रनको लक्ष्य

 |  शनिबार, मंसिर १५, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १५, २०८१

vianetvianet

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा विराटनगर किङ्ग्सले जनकपुर बोल्ट्सलाई जितका लागि १२८ रनको लक्ष्य दिएको छ। 

त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान कीर्तिपूरमा आज भएको खेलमा विराटनगरले बोल्ट्सलाई जितका लागि उक्त रनको लक्ष्य दिएको हो। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाएर १२७ रन बनाएको हो। 

विराटनगरका लागि न्युजिल्यान्डका ब्याटर मार्टिन गप्टिलले अर्धशतक प्रहार गर्दै सर्वाधिक ५५ रन बनाए। उनले ४३ बलमा एक छक्का र सात चौकाको मद्दतले ५५ रन बनाएका हुन्। यस्तै अकिब इलियासले १५, निकोलस किर्टनले नौ र लोकेश बमले पाँच रनको योगदान दिए। बसिर अहमद, सन्दीप लामिछाने र अनिल खरेलले समान ७/७ रन बनाए। 

त्यस्तै विराटनगरका लागि क्रिस सोलले चार, प्रतिश जिसीले दुई र राजेश पुलामीले एक रन बनाए भने जितेन्द्र मुुखिया शुन्य रनमै आउट भए। विराटनगरले अतिरिक्त १५ रन प्राप्त गर्यो। जनकपुर बोल्ट्सका लागि ललित राजवंशीले सर्वाधिक तीन विकेट लिए। यस्तै किशोर महतो र हर्ष ठाकरले समान २÷२ विकेट लिए। जनकपुरका मोहम्मद मोहसिन र बेन माइकले समान एक÷एक विकेट हात पारे। 

प्रकाशित: Nov 30, 2024| 15:03 शनिबार, मंसिर १५, २०८१
प्रतिक्रिया दिनुहोस्