काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा अझै रुपान्तरण आवश्यक रहेकाले जिम्मेवार भएर अघि बढ्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्। पार्टीको केन्द्रीय कमिटी बैठकमा आइतबार सम्बोधन गर्दै दाहालले भने, ‘अहिले पनि चुनौती र खतरा छन्। हामी जिम्मेवार भएर अघि बढ्नुपर्नेछ। रुपान्तरण हुन सक्नैपर्छ।’
उनले सबै पक्ष रूपान्तरण भए मात्र उचाइमा पुग्न सकिने बताए। उनले भने, ‘हामी उटा उचाइमा पुग्नैपर्छ। हामी सबैले रुपान्तरण गर्ने अभियान यो बैठकले गरेको छ।’ उनले परिवर्तनका लागि त्याग गर्ने तर्फ पनि तयार रहन कार्यकर्तालाई निर्देशन दिए।
दाहालले नेपाली जनतासित जोडिएर कार्यकर्तालाई तल्लो तहसम्म लाग्नसमेत निर्देशन दिएका छन्। उनले सोचेको जसरी त क्रान्ति अगाडि बढाउन नयाँ ढंगले अगाडि बढ्नैपर्ने बताए। उनले भने, ‘राजतन्त्रको अन्त्य भयो गणतन्त्र आयो। यसो हेर्दा हामीले सोचेको जस्तो त केही भयो पनि। तर सामन्तवादी प्रवृत्ति कायमै छ।