शुक्रबार, पुस ४, २०८२

चुनाव प्रचारप्रसारको आज अन्तिम दिन

 |  बिहीबार, मंसिर १३, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १३, २०८१

काठमाडौं- स्थानीय तह उपनिर्वाचनअन्तर्गत आज बिहीबार राति १२ बजेदेखि मौन अवधि सुरू हुँदैछ।

National life

यो अवधिमा उम्मेदवारले मत माग्ने वा अरू कुनै पनि किसिममा प्रचारका गतिविधि गर्न पाउँदैनन्।

मतदानभन्दा ४८ घन्टा अगाडि मौन अवधि सुरू हुन्छ। निर्वाचन आयोगले जारी गरेको आचारसंहिताअनुसार यो अवधिमा उम्मेदवारका अतिरिक्त राजनीतिक दलहरूलाई सभा, सम्मेलन, गोष्ठी, भेला, अन्तरक्रियालगायत गतिविधि गर्न रोक लगाइएको छ।

मंसिर १६ गते आइतबार ३७ जिल्लाका ४४ स्थानीय तहका विभिन्न रिक्त पदमा उपनिर्वाचन हुँदैछ। दुई जिल्ला समन्वय समिति प्रमुख, एक नगरपालिका प्रमुख, एक उपप्रमुख, दुई गाउँपालिका अध्यक्ष, ४ उपाध्यक्ष, ३४ वडाध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो।

तीन पद भने निर्विरोध भइसकेको छ। ओखलढुंगा जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसका टेकराज भट्टराई र कैलाली जिल्ला समन्वय समिति प्रमुखमा पनि कांग्रेसकी टीकाकुमारी चौधरी निर्विरोध भएकी छिन्।

Laxmi sunrise bank
kumari

त्यस्तै, रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर दुईको वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार जगत घर्तीको एकल उम्मेदवारी छ। 

उपनिर्वाचनमा १६२ मतदान स्थल, २९३ केन्द्र तोकिएका छन्। यो उपनिर्वाचनमा २ लाख २६ हजार ७ सय ९९ मतदाता रहेका छन्।

प्रकाशित: Nov 28, 2024| 09:54 बिहीबार, मंसिर १३, २०८१
प्रतिक्रिया दिनुहोस्