आइतबार, फागुन १७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • युरोपियन युनियनले भन्यो- लेबनानसँगको युद्धविराम अस्वीकार गर्ने इजरायलसँग कुनै बहाना छैन

युरोपियन युनियनले भन्यो- लेबनानसँगको युद्धविराम अस्वीकार गर्ने इजरायलसँग कुनै बहाना छैन

 |  मंगलबार, मंसिर ११, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ११, २०८१

इटाली- फ्रान्स र अमेरिकाको मध्यस्थतामा प्रस्तावित लेबनानसँगको युद्धविराम अस्वीकार गर्ने इजरायलसँग कुनै बाहाना तथा कारण नभएको युरोपियन युनियनका विदेश नीति प्रमुख जोसेप बोरेलले मङ्गगलबार बताएका छन्।

सेप्टेम्बरको अन्त्यमा लामो समयदेखि चलिरहेको शत्रुता पूर्ण युद्धमा परिणत भएपछि इजरायलले हिजबुल्लाहसँगको युद्धमा प्रस्तावित युद्धविराम स्वीकार गर्ने कि नगर्ने निर्णय गर्ने तयारी गरिरहेको जनाइएको छ।

जी–७ का विदेश मन्त्रीहरूको बैठकमा बोल्दै बोरेलले अमेरिका र फ्रान्सले मध्यस्थतामा टेबल गरिएको प्रस्तावमा इजरायलले मागेको सबै सुरक्षा प्रतिबद्धता समावेश रहेको जनाउदै प्रस्ताव अस्वीकार गर्ने कुनै बहाना नभएको बताएका छन्।

उनले इजरायली सरकारका मन्त्रीहरूबाट लडाइँ जारी राख्नका लागि विस्फोट जारी राख्ने इच्छुक आवाजहरू सुनेकासमेते पत्रकारहरूलाई बताए।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलगायत इजरायली सरकारले युद्धविराम सम्झौतालाई अनुमोदन गर्ने आशा व्यक्त गर्दै उनले लडाइँ बन्द गरी मानिसहरुको नरसंहार अन्त्य गर्न आह्वान गरे।

kumari

पछिल्लो समयमा जी–७ राष्ट्रहरूको समूहको अध्यक्षता गरिरहेको इटालीले विदेश मन्त्रीहरूको बैठकको आयोजना गरी युद्धविरामको आशा जगाइ रहेको छ।   -एएफपी

प्रकाशित: Nov 26, 2024| 17:02 मंगलबार, मंसिर ११, २०८१
प्रतिक्रिया दिनुहोस्