शनिबार, मंसिर २९, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • बिआरआईअन्तर्गत ऋण होइन, अनुदान लिने पक्षमा सरकार छः सञ्चारमन्त्री गुरुङ

Siddartha premir insuranceSiddartha premir insurance

बिआरआईअन्तर्गत ऋण होइन, अनुदान लिने पक्षमा सरकार छः सञ्चारमन्त्री गुरुङ

 |  मंगलबार, मंसिर ११, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ११, २०८१

ntc landingntc landing

काभ्रेपलाञ्चोक- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चिनियाँ परियोजना बेल्ट एण्ड रोड इनिसिएटभ (बिआरआई) अन्तर्गत सरकारले ऋण नलिने बताएका छन्।

himalayan bank box

प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी साता हुने चीन भ्रमणका क्रममा सरकारले ऋण नलिने तर अनुदान सम्झौता गर्नसक्ने सरकारका प्रवक्तासमेत रहेका उनले बताए।

मंगलबार धुलिखेलमा आयोजित  एक कार्यक्रममा बोल्दै मन्त्री गुरुङले भने,’जुनसुकै मुलुकबाट हामी ऋण लिइहाल्दैनौँ, अनुदान भने लिन्छौँ। चीनले अनुदान दिएमा त्यो स्वीकार गर्छौं, त्यसमा सम्झौता हुनसक्छ।’

मन्त्री गुरुङले बिआरआईप्रति मतान्तर हुनु अस्वाभाविक नभएको उल्लेख गरे। उनले भने, ‘बुझेर बिआरआई परियोजनामा सम्झौता गर्ने देशहरुले राम्रो पनि गरिराखेका छन्, ती मुलुकमा ती आयोजना ‘गेम चेन्जर’का रुपमा कार्यान्वयन भएका हामीले देखिरहेका छौँ।’

प्रकाशित: Nov 26, 2024| 15:34 मंगलबार, मंसिर ११, २०८१
प्रतिक्रिया दिनुहोस्