सोमबार, भदौ १, २०८३

बिआरआईमा ऋण लिनुको साटो अनुदान लिनुपर्छ : सभापति देउवा

 |  सोमबार, मंसिर १०, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १०, २०८१

महेन्द्रनगर- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बिआरआई) मा ऋण लिनुको साटो अनुदान लिनुपर्ने बताए। 

जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित लोहनामा प्रजातान्त्रिक आन्दोलनका अगुवा अरविन्द ठाकुरको प्रतिमा अनावरण गर्न आएका सभापति देउवाले आज जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले ऋण लिनु ठीक नभएर अहिले अनुदान नै उपयुक्त भएको बताए। 

सभापति देउवाले चीन नेपालको असल मित्रराष्ट्र भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणबाट सम्बन्धलाई थप बलियो बनाउन मद्दत पुग्ने बताए। 

प्रकाशित: Nov 25, 2024| 14:07 सोमबार, मंसिर १०, २०८१
प्रतिक्रिया दिनुहोस्