मंगलबार, जेठ १९, २०८३

एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारी टुंग्यायो

 |  आइतबार, मंसिर ९, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ९, २०८१

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले पार्टीमा नेताहरूको जिम्मेवारी तथा कार्य विभाजनको टुङ्गो लगाएको छ।

National life

पार्टी संरचनामा कार्य विभाजन गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गठित कार्यदलले माथिल्लो कमिटीदेखि तल्लो तहसम्म नेताहरूको ‘एक पद एक व्यक्ति’ प्रणालीका आधारमा कार्य विभाजन गरेको पोलिटब्यूरो सदस्य आलोक रायमाझीले जानकारी दिए।

उनका अनुसार नेताहरूको जिम्मेवारी तथा कार्य विभाजन अन्तर पार्टी निर्देशनमार्फत जारी गरिने छ।

कार्यदलद्वारा पार्टीमा फरक विचार पक्षधरलाई जिम्मेवारीमा केन्द्रित गर्ने गरी नेताहरूको कार्य विभाजन गरिएकाले सङ्गठन थप सुदृढीकरण गरी गतिशील बन्ने अपेक्षा गरिएको उनले बताए।

पार्टी विभागीय प्रमुख तथा जनवर्गीय सङ्गठन, प्रदेश इञ्चार्ज तोकिएको छ, भने अन्य नेताहरूको कार्य विभाजन पनि गरिएको जनाइएको छ।

Shivam cement

प्रकाशित: Nov 24, 2024| 13:23 आइतबार, मंसिर ९, २०८१
प्रतिक्रिया दिनुहोस्