सोमबार, साउन ११, २०८३

हसिनाको जित : बंगलादेशको भविष्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- बंगलादेशी प्रधानमन्त्री सेख हसिना चौथो कार्यकालका लागि विजयी भएकी छन् । सत्तारुढ दल अवामी लिगले संसद्को तीन सय सिटमा दुई सय ८८ सिटमा जित तय गरेको छ । हसिनाको जितलाई स्वदेशी एवं विदेशी सञ्चारमाध्यमले सत्तारूढ दलको ‘ल्यान्ड स्लाइड भिक्ट्री’ बताइरहेका छन् ।

विजयी घोषित भएपछि हसिनाले राजनीतिक दलका नेताहरु, सुरक्षा एजेन्सीका प्रमुख, प्रशासन प्रमुखहरु एवं नागरिक अगुवासँग भेटघाट गरेकी छन् । हसिना बंगलादेश स्वतन्त्र भएपछि सबैभन्दा लामो समय शासन गर्ने प्रधानमन्त्री बन्न पुगेकी छन् ।     
 
उनी बंगबन्धु शेख मुजिबर रहमानकी छोरी हुन् । स्वतन्त्रता संग्रामका नायक रहमान एक अब्बल रजनीतिक नेता थिए । उनी सदैब तटस्थता, शान्तिकामी एवं लोकतन्त्रमा विश्वास राख्ने नेता मानिन्छन् । हसिनालाई यदाकदा डटर अफ डेमोक्रसी पनि भनिन्छ । हसिनाको राजनीति सन् ८० को दशकमा सुरु भएको हो । उनले सन् १९८६ देखि १९९५ सम्म प्रतिपक्षी नेताको भूमिकामा रहेर काम गरिन् । 

त्यसपछि सन् १९९६ देखि मुलुकको प्रधानमन्त्रीका रुपमा सेवा गरिन् । तथापि सन् १९८१ देखि नै बंगलादेश अवामी लिगको नेतृत्व पनि सम्हाल्दै आएकी छन् । सन् २००८ को आमनिर्वाचनमा उनको दललाई ऐतिहासिक बहुमत प्राप्त भयो र उनी पुनः सरकार प्रमुखका रुपमा सत्तामा आइन् । यसै गरी सन् २०१४ को निर्वाचनमा उनको दल बंगलादेश अवामी लिगलाई फेरि बहुमत प्राप्त भयो र तेस्रो कार्यकालका लागि उनी सत्तामा आइन् ।

हुन त उनको विजय विवादरहित भने रहेन । सन् २०१४ मा विपक्षका सबै दलले निर्वाचन बहिष्कार गरेका थिए भने अन्तर्राष्ट्रिय पर्यवेक्षकको समेत उनले तीव्र आलोचना खेप्नुपरेको थियो । व्यापक विरोध र विवादबीच उनले सन् २०१८ को आमनिर्वाचन पनि ठूलो बहुमतले जित्न पुगिन् । हसिनालाई संसारकै सीमित शक्तिशाली महिलामध्ये एक मानिन्छ । सन् २०१८ को फोब्र्स म्यागाजिनको सय जना शक्तिशाली महिलामध्ये उनी पनि परेकी थिइन् । उनी विश्व महिला नेतृत्व परिषद् सदस्यसमेत हुन् । 

उनको कार्यकाल कहिल्यै विवाद मुक्त रहेन । हरेक पटक ठूलाठूला आर्थिक अनियमिततामा संलग्न रहेको, विपक्षीलाई दमन गरेको, निर्वाचनमा प्रचुर मात्रामा धाँधली गरेको एवं अधिनायकवादी शासन लादेको आरोप उनीमाथि लाग्दै आएको छ ।

उनकै कार्यकालमा पद्मा पुल घोटाला, सोनाली बैंक प्रकरण, सेयर बजार विवाद, राणा प्लाजा दुर्घटना तथा बंगलादेश सडक सुरक्षाका लागि भएका विरोध प्रदर्शनलगायत थुप्रै आर्थिक सामाजिक एवं राजनीतिक विवाद आए । व्यापक गरिबी, बढ्दो जनसंख्या वृद्धि र सुशासन अभावमा बंगलादेश छटपटाइरहेको छ । त्यसमाथि कमजोर पूर्वाधारले विकासको गति सुस्त बनाइदिएको छ । भ्रष्टाचारले बंगलादेश निकै थलिएको छ । 

समग्रमा भने बंगलादेशले उनकै कार्यकालमा प्रशस्त आर्थिक समृद्धि हासिल गरेको छ । उनको कार्यकालमा मुख्यतया आर्थिक पक्ष सबल देखिन्छ । सरदर सात प्रतिशतको आर्थिक वृद्धि गर्ने महत्त्वाकांक्षा लिएको सरकारले लगभग ६.७ प्रतिशतको सरदर वृद्धि हासिल गरी अनौठो सफलता प्राप्त गरेको छ । सन् २०१५–०१६ को प्रक्षेपणअनुसार यो लक्ष्य पूरा गरेको हो । महत्त्वाकाँक्षी लक्ष्यहरुका कारण अन्तर्राष्ट्रिय वित्तीय निगमहरुको तीव्र असन्तुष्टि रहे तापनि लक्षित उद्देश्य पूरा गरेपछि ती संस्थाहरु पनि सन्तुष्ट छन् । व्यापार वाणिज्यमा पनि ठूलो वृद्धि देखिएको छ। ग्लोबल इकोनोमीको तथ्यांकअनुसार सन् २००८ देखि २०१७ सम्म औसत छ प्रतिशतभन्दा माथि नै वृद्धिको रेखा देखिन्छ ।     

यसरी २ खर्ब ५० अर्ब अमेरिकी डलर बराबरको अर्थतन्त्र बनाउन शेख हसिना सरकारको ठूलो भूमिका रहेकामा कुनै विवाद देखिन्न । यसका पछाडि एउटा महत्वपूर्ण कुरा जिम्मेदार छ त्यो हो राजनीतिक स्थिरता । लोकतान्त्रिक प्रक्रियाको निर्वाचनलाई नै प्रयोग गरीजस्तै भए पनि राजनीतिक सामाजिक स्थिरता हासिल भएकै हो। जसले वर्तमान बंगलादेशलाई दक्षिण एसियाको एउटा उदीयमान अर्थतन्त्रका रुपमा विश्वसामु उभ्याउन सफल भएको छ ।  

हसिनाको यो विजय पनि बङ्गलादेशको समग्र उन्नतीमा एउटा कोशेढुङ्गा साबित रहला भन्ने आशा आम श्रमजिवी बङ्गलादेशी जनताको चाहना देखिन्छ ।                                           
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।