मंगलबार, साउन १२, २०८३

निर्मला हत्या काण्ड : सिआइडीकै कर्मचारीमाथि आशंका

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- पाँच महिनासम्म निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको प्रहरीले सिआइडीकै कर्मचारीमाथि नै अनुसन्धान सुरु गरेको छ । 

विभिन्न कोणबाट अनुसन्धान गर्दै आएको प्रहरीले पछिल्लो पटक राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत एक कर्मचारीमाथि अनुसन्धान केन्द्रीत गरेको हो । प्रहरीले नाम नखुलाएपनि उक्त कर्मचारी कञ्चनपुरको भीमदत्त नगरपालिकाकै भएको जनाएको छ ।

विभागको सिपाही पदमा कार्यरत उनको डीएनए परीक्षण गर्न पठाइएको कञ्चनपुर प्रहरीका डिएसपी कृष्णराज ओझाले जानकारी दिए । 

प्रहरीले निर्मला हत्याको अभियुक्तको आशंकामा दीलिप विष्ट, चक्र बडु, प्रदीप रावल र विशाल चौधरीलाई पक्राउ नै गरेर अनुसन्धान गरेको थियो भने बाँकीको रगत परीक्षणमात्रै गरिएको थियो । अहिलेसम्म आठ जना प्रहरी अधिकारीहरुलाई प्रहरीले बर्खास्त गरेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।