मंगलबार, जेठ १९, २०८३

करेन्ट लागेर कालीकोटमा एक जनाको मृत्यु

 |  सोमबार, मंसिर ३, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ३, २०८१
National life
Shivam cement

कालीकोट- जिल्लाको शुभकालिका गाउँकांपालिका–४ स्थित रारा गाउँमा आज बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले बिहान ८ बजे पोल चढ्ने क्रममा करेन्ट लागेर २६ वर्षीया वीरेन्द्र चौलागार्इंको मृत्यु भएको जानकारी दिए। 

चौलागाईं विद्युतसम्बन्धी सामान्य काम गर्दै आएका थिए। घटनाका विषयमा मुचुल्का तयार गरेर शव परीक्षणका लागि जिल्ला अस्पताल कालीकोटमा ल्याउन लागिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: Nov 18, 2024| 11:46 सोमबार, मंसिर ३, २०८१
प्रतिक्रिया दिनुहोस्