मंगलबार, जेठ १९, २०८३

भ्रष्टाचार मुद्दा लागेर सफाइ पाएका अर्यालले दिए राजीनामा

 |  सोमबार, मंसिर ३, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ३, २०८१
National life
Shivam cement

काठमाडौं- राष्ट्रिय योजना आयोगमा मुख्यसचिव सरहको जिम्मेवारी तोकिएका वैकुण्ठ अर्यालले पदबाट राजीनामा दिएका छन्।

उनले केही समय अघिमात्र भ्रष्टाचारको मुद्दामा विशेष अदालतबाट सफाइ पाएका थिए। यही आइतबार योजना आयोगमा हाजिर भएका उनले आज राजीनामा दिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

भ्रष्टाचार मुद्दामा सफाइ पाएका अर्याल केही समयदेखि हाजिर कहाँ हुने अन्योल भएपछि घरमै बसेका थिए। मुख्य सचिव रहँदा नै भ्रष्टाचार मुद्दा लागेका अर्याल निलम्बित भएपछि योजना आयोगमा सरुवा भएका थिए।
 

प्रकाशित: Nov 18, 2024| 11:16 सोमबार, मंसिर ३, २०८१
प्रतिक्रिया दिनुहोस्