बुधबार, साउन १३, २०८३

एभर्टनलाई हराउदै लेष्टर एक स्थान माथि उक्लियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- इंग्लिश प्रिमियर लिग फुटबलमा लेष्टर सिटीले एभर्टनलाई पराजित गरेको छ । मंगलबार भएको खेलमा लेष्टरले एभर्टनलाई १-० गोल अन्तरले हराएर ३ अंक बटुल्न सफल भएको हो ।  

घरेलु मैदानमा भएको खेलमा लेष्टरलाई जित दिलाउन जेमी भर्डीले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा भार्डी एक गोल गर्दै लेष्टर तीन अंकको सफलता दिलाएका हुन् । 

लेष्टरलाई जित दिलाउन भार्डीले खेलको ५८ औं मिनेटमा निर्णायक गोल गरे । आजको जितसंगै लेष्टरले २१ खेलबाट ३१ अंक जोडेको छ । 

र, लेष्टर लिगको सातौं स्थानमा उक्लिएको छ । पराजित एभर्टन २७ अंक जोडेर लिगको दशौं स्थानमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।