सोमबार, मंसिर २९, २०८२

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

 |  आइतबार, मंसिर २, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २, २०८१

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन भएको छ। बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा आज ८३ वर्षको उमेरमा उनको दिउँसो निधन भएको ढुङ्गानाका स्वकीय डा रुद्र शर्माले जानकारी दिए। 

वरिष्ठ अधिवक्ता समेत रहेका ढङ्गाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत थिए। विसं २०४८ सालमा काठमाडौँ क्षेत्र नं २ बाट नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभामा निर्वाचित उनी २०४८ देखि २०५१ सम्म सभामुख भएका थिए।

नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वापूर्व योगदान दिएका उनी राजनीतिक आन्दोलनका क्रममा पटक–पटक जेल पनि परेका थिए। उनका श्रीमति, दुई छोरा र एक छोरी छन्। ढुङ्गानाको भोलि अन्त्येष्टि स्वकीय शर्माले जानकारी दिए।

प्रकाशित: Nov 17, 2024| 15:50 आइतबार, मंसिर २, २०८१
प्रतिक्रिया दिनुहोस्