सोमबार, मंसिर २९, २०८२

बाढीपीडितलाई सघाउँदै रोशी गाउँपालिका

 |  आइतबार, मंसिर २, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २, २०८१

काभ्रेपलाञ्चोक- रोशी गाउँपालिकाले बाढीपीडितलाई सघाउन चालु आर्थिक वर्षको बजेट संशोधन गरेको छ। जाडोयाम सुरु भइसकेकाले गाउँपालिकाले तत्काल बाढीपीडितलाई सहयोग गर्न गाउँसभाको विशेष अधिवेशनले बजेट व्यवस्थापन गरेको हो। 

National life

गाउँसभाको १५औँ अधिवेशनले विपद्कोषमा २ करोड ८० लाख रुपैयाँ विनियोजन गर्दै आवश्यकताअनुसार पीडितलाई प्रदान गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिए। सहायता रकम  क्षतिग्रस्त भौतिक पूर्वाधार निर्माणमा खर्च गरिने छ। 

उक्त पालिकामा बाढीपहिरोमा परी १२ जनाको ज्यान गएको थियोभने चार सय ८२ घरमा पूर्ण र आठ सय ८३ घरमा आंशिक क्षति भएको थियो।

यसैगरी दुई हजार पाँच सय ४४ परिवारको खेतबारीमा पनि क्षति भएको थियो। बाढीले एक सय ६० खानेपानी आयोजना, एउटा पक्की पुल, छ सय ४७ विद्यालय, चार स्वास्थ्य केन्द्र, १० शय्याको अस्पताल, चिस्यान केन्द्र र औद्योगिक ग्राममा नोक्सानी भएको थियो। रासस

प्रकाशित: Nov 17, 2024| 17:31 आइतबार, मंसिर २, २०८१
प्रतिक्रिया दिनुहोस्