आफूले एक पैसा पनि घुस नखाने भन्दै खुलामञ्चमा फाँसी चढ्न तयार रहेको दाबी गर्दै आएका सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको देखाउने र चपाउने दाँत फरक रहेको तथ्य फेला परेको छ। टेलिकमको फोरजी सेवा सञ्चालन गर्न छुट्ट्याएको २१ अर्ब रुपैयाँको कमिसनमा आँखा लगाएपछि दोहोरो चरित्र उदांगो भएको हो।
नयाँ प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर जबरा सर्वसम्मत सिफारिस भएका छन्। संसदीय सुनुवाइ समितिको मंगलबार बसेको बैठकले जबराको नाम सर्वसम्मत अनुमोदन गरेको हो। सांसदहरूले सोधेका प्रश्न र उनीमाथि परेको उजुरीमा जबाफ दिएपछि सुनुवाइ समिति बैठकले उनको नाम अनुमोदन गरेको हो।
सरकारले तोकिएको समयसिमा भित्र माग पुरा नगरेपछि डा गोविन्द केसी १६ औं अनसन बस्न इलाममा पुगेका छन्। अनसनको तयारीका लागि मंगलबार इलाम आइपुगेका डा केसीका सहयोगी डा अभिषेक सिंहले जानकारी दिएका हुन्।
कृषि पेसाप्रतिको मोह घट्दै गएका बेला कर्णालीका केही कर्मशील किसानले भने नमूना योग्य काम गरेका छन् । आधुनिक कृषि प्रणाली अभावमा यो पेसाप्रति नागरिकको सहभागिता घटिरहँदा उनीहरूको कृषिकर्म भने साँच्चिकै प्रेरणादायी छ।
आज अंग्रेजी नयाँ वर्ष सन् २०१९ को पहिलो दिन। संसारभर अंग्रेजी पात्रो अनुसार नयाँ वर्ष मनाइँदै छ। नेपालीहरुले पनि अंग्रेजी वर्ष २०१९ भव्यताका साथ मनाइरहेका छन्। मनमा सधैं प्रश्न उठ्ने गर्छ। सबैभन्दा पहिले नयाँ वर्ष कहाँ मनाइन्छ। यसको कुनै मापन तथा ठोकुवा गर्ने साधन त छैन । तर, सबैभन्दा पहिले सेन्ट्रल प्यासेफिक समुन्द्रमा रहेका कृबाती र सामोओ नयाँ वर्ष मनाइने सिएनएनले उल्लेख गरेको छ।
तपाईंले आफ्नो सुन्दर महिला साथी अविवाहित रहेको देख्नुभएकै होला। अनि तपाईंले कतिपटक त सोध्नुभएको पनि होला, ‘किन यति सुन्दर र स्मार्ट भएर पनि अहिलेसम्म सिंगल?’ विदेशतिर प्रायः विवाहको उमेर पुगेका महिला सुन्दर र स्मार्ट हुँदाहुँदै पनि अविवाहित हुन्छन्।
दश बुँदे ‘साझा सिन्धु’ घोषणापत्र जारी गर्दै सिन्धुपाल्चोकको मेलम्ची-९ गुफाडाँडामा आयोजित प्रथम राष्ट्रिय जलवायु सम्मेलन मंगलबार सम्पन्न भएको छ। देशका ७७ वटै जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, प्रतिनिधिलगायत जलवायु विज्ञको सहभागितामा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले समुद्घाटन गरेका थिए।
नयाँ वर्ष २०१९ मनाउन जनकपुरमा भारतीय पर्यटकहरुको घुइँचो लागेको छ। पछिल्ला केही वर्षयता भारतीय पर्यटकहरुका लागि नयाँ वर्ष मनाउन भारतीय पर्यटकहरुबीच जनकपुर लोकप्रिय गन्तव्य बन्दै आएको हो। विगतका वर्षहरु झैँ यस पटक पनि ठुलो संख्यामा भारतीय पर्यटकहरु जनकपुर पुगेका छन्।
ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष २०१९ सुरु भएको छ। विश्वभरका मानिसले नयाँ वर्षलाई उल्लासपूर्वक मनाइरहेका छन्। नयाँ वर्ष मनाउने चलन कहिले सुरु भयो त? नयाँ वर्ष मनाउने चलन आजभन्दा चार हजार वर्षअघि सुरु भएको हो।
वीरगंज महानगरपालिलाई मंगलबारदेखि हर्न र प्लास्टिक प्रयोग निषेधित क्षेत्र घोषणा गरिएको छ। अंग्रेजी नयाँ सालको स्वागत गर्दै महानगरलाई सफा राख्न र सभ्य बनाउन हर्न र प्लास्टिकमा निषेध गरिएको हो।
अंग्रेजी नयाँ वर्षको पहिलो दिन जागरुक युवा अभियान नेपालले अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाएको छ। ‘नेपाली टोपी : हाम्रो गौरव, हाम्रो पहिचान’ भन्ने नाराका साथ माइतीघरमा छैटौँ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाएको हो। माइतीघरमण्डलमा भेला भएको युवायुवतीले पञ्चेबाजासहित मण्डलादेखि नयाँबानेश्वरसम्म प्रभातफेरि गरेका थिए।
आज नेपाली टोपी दिवस। सरकारी वा कुनै आधिकारिक औपचारिक घोषणा नभए पनि आजको दिनलाई नेपाली टोपी दिवस मान्ने चलन छ। हरेक अङ्ग्रेजी नयाँ बर्षकै दिन नेपाली टोपी दिवस मनाइन्छ। सामाजिक संजालका भित्ताहरुमा आज टोपी लाएको तस्वीरहरु हाल्ने असंख्य छन।
सामुदायिक विद्यालयका शिक्षकलाई पेशागतरुपमा जिम्मेवार बनाउन उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले शिक्षकका दलीय सङ्गठन खारेजीको प्रस्ताव गरेको छ। आयोगले शिक्षामा अति राजनीतिकरणले गुणस्तरमा गम्भीर नकारात्मक असर परेको ठहरसहित कुनै पनि विद्यालय शिक्षकले कुनै पनि राजनीतिक दलको पार्टी सदस्यता तथा पदाधिकारी हुन नपाउने र भएमा शिक्षक पद स्वतः नरहने गरी कानूनी प्रबन्ध गर्न सुझाएको हो।
हिमाली जिल्ला डोल्पामा रहेको एक मात्र जुफाल विमानस्थलमा यात्रुको सामान जाँच गर्ने एक्स-रे मेशिन नहुँदा समस्या भएको छ। विमानस्थलजस्तो संवेदनशील ठाउँमा सामान जाँच गर्ने एक्स-रे मेशिन नहुँदा हातले छामछुम गरेर लान हुने नहुने सामानको ग्यारेन्टी गर्ने गरिएको विमानस्थलको सुरक्षामा खटिएका प्रहरीले गुनासो गर्ने गरेका छन्।
नेपाल गुणस्तर तथा नापतौल विभागले ट्याक्सीमा मिटर भाडा समायोजनको काम अगाडि बढाएको छ। विभागले गत असोज ७ गते सार्वजनिक बसमा भाडा बढेसँगै ट्याक्सीमा पनि १० प्रतिशत भाडा बढाउने यातायात व्यवस्था विभाग र मन्त्रालयको निर्णयलाई कार्यान्वयन गर्दै मङ्सिर पहिलो हप्तादेखि ट्याक्सीमा मिटर भाडा समायोजनको कामलाई अगाडि बढाएको हो ।
मिल संचालकले चिनी मिल संचालनमा ल्याउने तयारी गरेपनि उखुको मूल्य निर्धारण नहुँदा यहाँका किसान अन्योलमा परेका छन्। सामान्यतया मंसिर पहिलो सातादेखि चिनी मिल संचालनमा आउने भएपनि यसवर्ष पुस १५ बितिसक्दा समेत उखूको मूल्य निर्धारण हुन सकेको छैन।
राष्ट्रियसभा सदस्य एवम् गायिका कोमल वलीले आफ्नो स्वयम्बर २०१९ भित्रै हुने बताएकी छन्। मंगलबार रिपोर्टर्स क्लब नेपालमा गुरु मञ्जरी ग्रुपद्वारा सञ्चालित ‘माइस्वयम्बर डटकम’ उद्घाट्न गर्दै वलीले उक्त कुरा बताएकी हुन्।
बलिउड अभिनेता कादर खान अब हामीमाझ रहेनन्। उनको क्यानडाको एक हस्पिटलमा ८१ वर्षको उमेरमा निधन भयो। कादरले तीन सय बढी फिल्ममा अभिनय गरेका छन्। उनले दुई सयभन्दा बढी फिल्ममा त डाइलग मात्रै लेखेका छन्। कादर त्यस्ता अभिनेता हुन् जसको कमेडीलाई शुभचिन्तकले सधै स्मरण गरिरहनेछन्। उनी बलिउडमा पढेलेखेका कलाकार थिए।
सन् २०१८ क्रिकेटको उत्कृष्ट क्षणमा नेपाल पहिलो बनेको छ । जुन क्षण नेपाली खेलकुद र खेल समर्थकका लागि पनि एक सुखद अनुभुति हो। क्रिकेटको विश्व चर्चिच एप्स ईएसपीएन क्रिकइन्फोले जारी गरेको उत्कृष्ट क्षणमा नेपाल पहिलो बनेको हो।
नेपाली लेग ब्रेक स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियामा जारी बिग ब्यास लिगको आफ्नो चौथो खेलमा एक विकेट लिएका छन्। मंगलबार मेलबर्न रिनेगाडेसविरुद्धको खेलमा सन्दीपले १ निकेट लिएका हुन्। यससँगै सन्दिपको लिगमा चार खेल खेल्दै ८ विकेट पुगेको छ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गतको मंगलबार विभागीय डर्बीबीच भएको खेलमा एपीएफ विजयी भएको छ। हलचोकस्थित एपिएफको खेल मैदानमा भएको खेलमा पुलिसलाई ४-१ को फराकिलो अन्तरले पराजित गर्दै एपिएफ विजयी भएको हो।
थाइल्याण्डमा एक व्यक्तिले आफ्नै परिवारका सदस्यहरुलाई गोली प्रहार गरेर हत्या गरेका छन्। नयाँ वर्षको अवसरमा भइरहेको रमाइलो कार्यक्रममा उनले हानेको गोली हानेर दुई जना बालबालिका सहित एकै परिवारका छ जनाको मृत्यु भएको हो। ससुराले आफुलाई अपमान गरेको महसुस गरी ती व्यक्तिले गोली प्रहार गरेको प्रहरी अधिकारीहरुले मंगलबार जनाएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...