मंगलबार, साउन १२, २०८३

नयाँ वर्ष मनाउन जनकपुरमा भारतीय पर्यटकको घुइँचो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- नयाँ वर्ष २०१९ मनाउन जनकपुरमा भारतीय पर्यटकहरुको घुइँचो लागेको छ। पछिल्ला केही वर्षयता भारतीय पर्यटकहरुका लागि नयाँ वर्ष मनाउन भारतीय पर्यटकहरुबीच जनकपुर लोकप्रिय गन्तव्य बन्दै आएको हो।

विगतका वर्षहरु झैँ यस पटक पनि ठुलो संख्यामा भारतीय पर्यटकहरु जनकपुर पुगेका छन्। विशेष गरी जानकी मन्दिर, राम मन्दिरलगायतका क्षेत्रहरुमा भारतीय पर्यटकहरुको बढी भीडबाट देखिएको छ।

नयाँ वर्षको पहिलो दिन जानकी मन्दिर र राम मन्दिरमा पूजाअर्चना गर्न ठुलो संख्यामा भारतीय पर्यटकहरुका भीड देखिएको थियो। यसका साथै यहाँका होटल र रेस्टुराँहरु समेत भारतीय पर्यटकहरुले भरिभराउ छ। नयाँ वर्षको अवसरमा अधिकांश भारतको विहार राज्यबाट पर्यटकहरु जनकपुर पुग्ने गरेका छन्। 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पछिल्लो पटक उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भ्रमण गरेपछि जनकपुर पुग्ने भारतीय पर्यटकहरुको संख्यामा उल्लेख्य वृद्धि भएको यहाँका व्यवसायीहरु बताउँछन्। यसअघि पनि नयाँ वर्षको अवसर पारेर भारतीय पर्यटकहरु जनकपुर आउने गरेपनि मोदी र योगीको भ्रमणपछि यो संख्यामा वृद्धि भएको स्थानीय होटल व्यवसायीहरुको भनाइ छ।

नयाँ वर्ष मनाउन एकदिन अगावै कतिपय भारतीय पर्यटक जनकपुर पुगेको होटल व्यवसायीहरु बताउँछन् । एक दिन अगावै जनकपुर पुग्नेहरुम अधिकांश युवा पुस्ता रहेको एक होटल व्यवसायीले जनाए।

भारतको विहार सरकरले मदिरा सेवन र बिक्रि वितरणमा प्रतिबन्ध लगाएपछि नयाँ वर्ष मनाउन त्यहाँका युवा पुस्ताहरुका लागि जनकपुर आकर्षक गन्तव्य बनेको छ। मदिरा प्रतिबन्धित भएपछि सीमावर्ती क्षेत्रसँगै विहारको विभिन्न स्थानबाट आउने पर्यटकहरुले नयाँ वर्षमा होटल तथा रेस्टुराँहरु भरिभराउ छ।

नयाँ वर्ष मनाउन विहारको दरभंगा, सीतामढी, मधुबनी, मुजफ्फरपुरलगायतका स्थानबाट भारतीय पर्यटकहरु जनकपुर पुगेका छन्। जानकी र राम मन्दिरमा पूजाअर्चना गरेर नयाँ वर्षलाई स्वागत गर्न जनकपुर पुगेको परिवारसहित दरभंगाबाट आएका सुमन मिश्रले बताए।

विहारबाट जनकपुर पुग्न उनीहरुले धनुषाको जटही र महोत्तरीको जलेश्वर नाका प्रयोग गर्ने गरेका छन्। नयाँ वर्ष मनाउन ठुलो संख्यामा गाडीसहित भारतीय पर्यटकहरु जनकपुर भित्रिएको जटहीस्थित भन्सार कार्यालयले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।