मंगलबार, जेठ १९, २०८३

'पूर्णबहादुरको सारंगी' को कमाइ २५ करोड नाघ्यो, रोकिएको छैन रफ्तार

 |  बुधबार, कात्तिक २८, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २८, २०८१

काठमाडौं- ‘पूर्णबहादुरको सारङ्गी’ फिल्मले सर्वाधिक कमाउने नेपाली फिल्मको इतिहास बनाएको छ। फिल्मले प्रदर्शनको १३ औँ दिन मंगलबारसम्म देशव्यापी २५ करोड ४ लाख रुपैयाँ कमाएको छ। 

National life

यसअघि धेरै कमाउने फिल्म ‘कबड्डी ४’ थियो। यो फिल्मले २३ करोड ५० लाख कमाएको थियो।

वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टका अनुसार पूर्णबहादुरको सारङ्गी मंगलबारमात्र करोड ५ लाख रुपैयाँ कमाएको बताएको छ । 

विजय बराल स्टार फिल्मले धेरै कमाउने घरेलु फिल्मको रूपमा इतिहास रचेको हो। फिल्मले सर्वाधिक कलेक्सनको रूपमा मात्र इतिहास रचेन, सर्वाधिक शो पाउने, छोटो समयमा धेरै कमाउने लगायत विभिन्न रेकर्ड समेत कायम गरेको छ।

पूर्णबहादुरको सारंगी' ले अहिलेसम्मकै सर्वाधिक शो पाउने नेपाली फिल्मको समेत कीर्तिमान बनाएको छ। फिल्मले शनिबार देशभर ४ सय ६५ बढी शो पाएको निर्माण संस्था सेभेन सिजले जनाएको छ। आइतबार पनि फिल्मको शो सोही आसपास थियो। 

Shivam cement

यसअघि 'बेहुली फ्रम मेघौली' ले देशभरि ३ सय ३५ शो पाएर कीर्तिमान बनाएको थियो। सो कीर्तिमान 'पूर्णबहादुरको सारंगी' ले तोडेको हो। कतिपय हलहरुले बिहान सबेरै र मध्यरातमा पनि फिल्म चलाएका छन्।

'पूर्णबहादुरको सारंगी' सरोज पौडेलको लेखन तथा निर्देशनमा बनेको हो। फिल्ममा विजय बराल, प्रकाश सपुत, अन्जना बराइली, मुकुन भुसाल, बुद्धि तामाङ, भोलाराज सापकोटा लगायत कलाकारहरूको अभिनय छ। फिल्मको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन्। विनोद पौडेल र प्याट्रिक सुवेदी फिल्मका निर्माता हुन्।

प्रकाशित: Nov 13, 2024| 18:45 बुधबार, कात्तिक २८, २०८१
प्रतिक्रिया दिनुहोस्