डोटी- सीताराम तेज स्मृति प्रतिष्ठानले दुई विद्यार्थीलाई छात्रवृती प्रदान गरेको छ। डोटीको शिखर नगरपालिका-१० मा बस्दै आएका बुबा गुमाएका (अनाथ) द्वय रमेश बलायर र गणेश लुहारलाई छात्रावृती प्रदान गरेको सीताराम तेज स्मृति प्रतिष्ठानका अध्यक्ष दीर्घ बहादुर बलायरले जानकरी दिए।
सिद्धेश्वर माध्यामिक विद्यालयको ४३ औं वार्षिकोउत्सवको अवसरमा प्रतिष्ठानका उपाध्यक्ष भिम बहादुर बलायरले सोही स्कुलमा अध्यनरत विद्यार्थी द्वोयलाई छात्रवृती प्रदान गरेका थिए।
विद्यालयका प्रधानाध्यापक महेश कुमार भट्ट र प्रा. वि. प्रमुख प्राध्यापक टिकादत्त रोस्याराको सहयोगमा विद्यालय गई पठनपाठनमा समस्या भएका अनाथ, गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृती प्रदान गरेको हो। लुहार सोही विद्यालयमा कक्षा तीनमा अध्यनरत छन् भने बलायर कक्षा ९ मा अध्यनरत छन्। सानैमा आमा गुमाएका लुहार आफन्तको घरमा बस्दै आएका छन्।

वि.स. २०७२ साल माघ २० गते स्वर्गीय ठुलदाजु सीताराम बलायर र सोही बर्ष चैत्र ३० गते स्वर्गीय माइलादाजु तेज बहादुर बलायरको सम्झनामा नेपाली कांग्रेस डोटी काठमाडौं सम्पर्क समितिका सभापति दीर्घ बहादुर बलायरले वि.स. २०७३ सालमा स्थापना गरेका हुन्।
यसअघि प्रतिष्ठानले सोही विद्यालयलाई पुस्तकालय प्रदान गरेको थियो । त्यस्तै प्रतिष्ठानले शीखर नगरपालिकाका वडा नम्बर ३, ४ र १० मा आठ सय सुधारिएको रकेटमास चुलो वितरण गरिएको थियो। तीन वडामा रहेका विपन्न परिकारका सदस्यलाई मध्यनजर गरेर प्रतिष्ठानका अध्यक्ष बलायरको निर्णय, नेतृत्व र सल्लाह अनुसार नगरपालिकाको आर्थिक सहयोगमा सुधारिएको रकेमास चुलो वितरण गरिएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४