मंगलबार, साउन १२, २०८३

एसएमजीसहित एकजना पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सिरहा- प्रहरीले आधुनिक हतियार एसएमजीसहित एक जनालाई सिरहाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा धनगढीमाई नगरपालिका–११ छपराडी बस्ने ४६ वर्षीय चतुर नारायण चौधरी रहेको प्रहरीले जनाएको छ।

चौधरीलाई प्रदेश प्रहरी कार्यालय, संघीय प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त टोलीले विशेष सुराकीको आधारमा पक्राउ गरेको हो ।

प्रहरीको संयुक्त टोलीले सवारी चेकजाँचको क्रममा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको अवस्थामा पूर्वपश्चिम राजमार्गको गोलबजार नगरपालिका–४ बाट चौधरीलाई राती २ बजे नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

स ५ प ३७४१ नम्बरको मोटरसाइकलमा सवार चौधरीको साथबाट ‘एसएमजी’ बन्दुक एक थान, म्याग्जिन दुई थान, स्वतन्त्र तराई निर्माण सेना केन्द्रीय ब्युरो लेखिएको पर्चालगायतको समान फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी माधवराज खरेलले जानकारी दिएका छन्।

पक्राउ परेका चौधरीलाई हिरासतमा राखी हातहतियार खरखजाना ऐन अन्तर्गत थप अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।