आइतबार, माघ २५, २०८२

रोकिएको छैन 'पूर्णबहादुरको सारङ्गी'को रफ्तार

 |  सोमबार, कात्तिक २६, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २६, २०८१

काठमाडौं- ‘पूर्णबहादुरको सारङ्गी’ फिल्मले घरेलु बक्स अफिसमा २० करोड रुपैयाँभन्दा बढी कमाइसकेको छैन। वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले प्रदर्शनको ११ दिनसम्मको कमाइ विवरण सार्वजनिक गरेको छ।

National life

यसअनुसार आइतबार (२५ कात्तिक) सम्म फिल्मको कमाइ २० करोड ७३ लाख ग्रस छ। फिल्मले आइतबारमात्रै २ करोड ७५ लाख ग्रस कमाएको छ। मुलुकका १०० भन्दा हल र ४५० भन्दा बढी शोबाट यो कलेक्सन प्राप्त भएको हो।

यही गति कायम रहे फिल्मले सर्वाधिक कमाइको रेकर्ड राख्न सक्ने देखिएको छ। अहिलेसम्म धेरै कमाउने नेपाली फिल्मको रेकर्ड ‘कबड्डी ४’ सँग छ, जसको कलेक्सन निर्माताले दिएको आधारमा २३ करोड ५० लाख र चलचित्र विकास बोर्डले दिएको तथ्यांकको आधारमा २१ करोड ३८ लाख छ।

फिल्मले कीर्तिमान समेत कायम गरेको छ। यो फिल्मले एकै दिनमा सर्वाधिक कमाइ गर्ने नेपाली फिल्मको कीर्तिमान रचेको छ। फिल्मले शनिबार एकै दिन ३ करोड ८९ लाख रूपैयाँ कमाएको हो।

अहिलेसम्म एकै दिनमा कुनै नेपाली फिल्मले यति धेरै कमाएका थिएनन्। फिल्मले शुक्रबार २ करोड ९९ लाख रूपैयाँ कमाएको थियो। 

Laxmi sunrise bank

'पूर्णबहादुरको सारंगी' ले अहिलेसम्मकै सर्वाधिक शो पाउने नेपाली फिल्मको समेत कीर्तिमान बनाएको छ। फिल्मले शनिबार देशभर ४ सय ६५ बढी शो पाएको निर्माण संस्था सेभेन सिजले जनाएको छ। आइतबार पनि फिल्मको शो सोही आसपास थियो। 

यसअघि 'बेहुली फ्रम मेघौली' ले देशभरि ३ सय ३५ शो पाएर कीर्तिमान बनाएको थियो। सो कीर्तिमान 'पूर्णबहादुरको सारंगी' ले तोडेको हो। कतिपय हलहरुले बिहान सबेरै र मध्यरातमा पनि फिल्म चलाएका छन्।

 

'पूर्णबहादुरको सारंगी' सरोज पौडेलको लेखन तथा निर्देशनमा बनेको हो। फिल्ममा विजय बराल, प्रकाश सपुत, अन्जना बराइली, मुकुन भुसाल, बुद्धि तामाङ, भोलाराज सापकोटा लगायत कलाकारहरूको अभिनय छ। फिल्मको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन्। विनोद पौडेल र प्याट्रिक सुवेदी फिल्मका निर्माता हुन्।

प्रकाशित: Nov 11, 2024| 18:10 सोमबार, कात्तिक २६, २०८१
प्रतिक्रिया दिनुहोस्