मंगलबार, साउन १२, २०८३

सुन्दर महिला किन अविवाहित हुन्छन् ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं - तपाईंले आफ्नो सुन्दर महिला साथी अविवाहित रहेको देख्नुभएकै होला। अनि तपाईंले कतिपटक त सोध्नुभएको पनि होला, ‘किन यति सुन्दर र स्मार्ट भएर पनि अहिलेसम्म सिंगल रु’ 

विदेशतिर प्रायः विवाहको उमेर पुगेका महिला सुन्दर र स्मार्ट हुँदाहुँदै पनि अविवाहित हुन्छन्। पछिल्लो समय यो ट्रेन्ड नेपालमा पनि छ। कतिपय सुन्दर र अब्बल महिला पनि अविवाहित हुन्छन्। उनीहरुलाई प्रश्नको ओइरो हुन्छ, ‘किन अहिलेसम्म विवाह नगरेकोरु’  उनीहरुले यसको जबाफ ठट्टामै उडाउने गर्छन्।

तर, यसको मूल कारण निकै गम्भीर छ। प्रायः सुन्दर र स्मार्ट महिलाले परिवार, पति र बच्चा नरुचाउने एक तथ्याकंले देखाएको छ। अमेरिकामा ५०.२ प्रतिशत अर्थात् एक करोड २४ लाख ६० हजार उमेर पुगेर पनि अविवाहित छन्। जसमा विवाहितभन्दा पनि अविवाहित महिला धेरै छन्।  के कारणले बिहे गर्न चाहँदैनन् त महिला?

महिला आत्मनिर्भर हुनु

२१ औं शताब्दीका महिलाले आफ्नो अधिकारका लागि लड्ने र विश्व परिवेशलाई नै परिवर्तन गर्ने अठोट लिएका हुन्छन्। अधिकांश यस्ता महिलाहरु कुनै पेसा, व्यवसायमा आबद्ध हुन्छन्। उनीहरुले कयौं पुरुषभन्दा अब्बल र उदाहरणीय काम गरिरहेका हुन्छन्। यस्ता महिलाले शारीरिक श्रमका लागिसमेत पुरुषको सहयोग लिँदैनन्। उनीहरुले तत्कालै पैसा तिरेर मजदुर लगाउँछन्। त्यसकारण विवाह गरेर उनीहरु कसैको दबाब, प्रभाव र अधीनमा रहन चाहँदैनन्। 

स्वतन्त्र हुने चाहना

यस्ता महिलाले पतिलाई खाना बनाएर खुवाउने र बच्चा हुर्काउने जिम्मेबारी बहन गर्न चाहँदैनन्। उनीहरुले धेरैभन्दा धेरै समय आफैंलाई दिने र आफ्नो व्यक्तिगत विकासमा दिन चाहन्छन्। बच्चा हुर्काउने र पतिको स्याहार गर्नेभन्दा उनीहरु स्पा जाने, ब्युटी सैलुन, सपिङ तथा व्यक्तिगत विकासका लागि प्रशिक्षण केन्द्रतिर जान्छन्।

भावनात्मक रूपमा स्थिर 

अविवाहित महिलाको विषयमा ठट्टा गर्दा प्रायः बिरोलोको उदाहरण दिइन्छ। त्यो वास्तवमा ठट्टा होइन। सुन्दर र स्मार्ट महिलाहरु वास्तवमै बलिया हुन्छन्। उनीहरु भावनात्मक रुपमा स्थिर हुन्छन् र पढेलेखेका हुन्छन्। वर्तामान विश्वले पुरुषलाई जति अवसर दिएको छ, त्यति नै अवसर महिलाका लागि पनि खुला गरेको छ। यसले उनीहरुको मनोविज्ञान परिवर्तन गरिदिएको छ। उनीहरूलाई यस्तो धारणाले प्रशिक्षित बनाइएको छ, ‘तिमीले पुरुषको भर पर्न हुँदैन, पुरुषबिनाको जीवन पनि बाँच्न सक्छ्यौ।’आफूलाई सम्मान नगर्ने र माया नगर्ने पुरुषसँग ‘बेड शेयर’ गर्नुभन्दा आफूजस्तै अब्बल पुरुष नभेटेसम्म पर्खिनु बेस भन्ने उनीहरुको मान्यता हुन्छ।

वैकल्पिक सम्बन्ध रुचाउनु

आधुनिक महिला अतिरिक्त सम्बन्धमा पनि सजिलै ‘एड्जस्ट’ हुन सक्ने भएकाले पनि लामो समय अविवाहित रहन्छन्।  उनीहरु खुलेर अतिरिक्त सम्बन्ध कायम गरेर बाँच्न सक्छन्। सुन्दर र स्मार्ट महिला आफूलाई जे फिट हुन्छ, त्यसरी नै बाँच्न पाउनुपर्छ भन्ने मान्यता राख्दछन्। सँगै रहन र दुःखसुख सेयर गर्न विवाह नै गर्नुपर्छ भन्ने मान्यता बिस्तारै कम हुँदै गएकाले पनि यस्ता महिला अविवाहित रहन्छन्। 

उच्च जीवनशैलीमा रमाउनु

आधुनिक महिला सुन्दरताका साथै शिक्षित हुन्छन्। कुनै न कुनै पेसा व्यवसायमा आबद्ध हुन्छन्। जसले गर्दा आफ्ना लागि आवश्यक कुराहरुका लागि अरूको भर पर्नु पर्दैन। आधुनिक महिला उच्च र विलासी जीवनशैलीमा रमाउन चाहन्छन्। उनीहरु आफूभन्दा उच्चस्तरको पुरुष होस् र विवाहकै कारणले ती महिलाले निम्नस्तरको जीवन बाँच्न नपरोस् भन्ने चहाना राख्छन्। सुन्दर र स्मार्ट महिला ती पुरुषलाई मन पराउँदैनन्, जसले महिलाको कामको सम्मान गर्न जान्दैन। त्यसकारण विवाह गरेर अनेक झमेला झेल्नुभन्दा एक्दै आफ्नो जिन्दगी बाँच्नु र खुला भएर रमाउनु नै उत्तम ठान्छन् महिलाहरू ।

सुन्दर महिला सम्बन्धमा बसेर फेरि डिभोर्स गर्नुपर्नेलगायतका समस्याबाट टाढा रहन रुचाउँछन्। टुक्रिएको मुटु लिएर बाँच्न असहज हुने भएकाले त्यस्तो झन्झटबाट टाढै रहेर एकल जीवन बाँच्न रुचाउनु स्वाभाविकै हो । त्यसैले सुन्दर महिला अविवाहित नै रहन रुचाउँछन्।
 
तपाईंको पनि कोही सुन्दर र स्मार्ट महिला साथी अविवाहित हुनुहुन्छ ? उहाँहरू अविवाहित रहने अन्य कारण केही थाहा छ भने तलको कमेन्ट बक्समा लेख्नुहोस् है त !
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।