शुक्रबार, मंसिर १४, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

प्रोफेसर कादरलाई यसरी मिलेको थियो फिल्ममा काम

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

himalayan bank box
Metro Mart
vianet
मुम्बई – बलिउड अभिनेता कादर खान अब हामीमाझ रहेनन्। उनको क्यानडाको एक हस्पिटलमा ८१ वर्षको उमेरमा निधन भयो। कादरले तीन सय बढी फिल्ममा अभिनय गरेका छन्। उनले दुई सयभन्दा बढी फिल्ममा त डाइलग मात्रै लेखेका छन्। कादर त्यस्ता अभिनेता हुन् जसको कमेडीलाई शुभचिन्तकले सधै स्मरण गरिरहनेछन्। उनी बलिउडमा पढेलेखेका कलाकार थिए।

लाखौंको मनमा राज गर्न सफल कलाकार कादर फिल्म इन्डस्ट्रीमा आउनुपहिले प्रोफेसर थिए। कादरको जन्म २२ अक्टुबर १९३७ मा अफगानिस्तानको काबुलमा भएको हो। तर उनले आफ्नो अध्ययन र काम भारतमा गरे। उनले उच्च शिक्षा बम्बे युनिभर्सिटीको इस्माइल युसुफ कलेजबाट हासिल गरेका हुन्। उनले सिभिल इन्जिनियरिङमा डिप्लोमा इन इन्जिनियर गरेका थिए।

कादरले पछि सिद्दिक कलेजमा सिभिल इन्जिनियरिङ विषयको अध्यापन पनि गराए। उनी गणित पनि अध्यापन गराउथे। अभिनेता अमिताभ बच्चनले पनि ट्विट गर्दै कादर गणितका एक राम्रो प्रोफेसर भएको बताएका थिए। कारद उर्दू भाषाका पनि राम्रा जानकार थिए।

यसरी मिल्यो कादरलाई फिल्ममा अवसर

कादरले एकपटक एनुअल डे फङ्सनमा नाटक गरेका थिए। उनको नाटकलाई देखेर दिलीप कुमार निकै प्रभावित भएका थिए। उनले नै कादरलाई संगीना र बैरान फिल्मका लागि अफर गरे।

कादर खानले २०१३ मा साहित्य शिरोमणि अवार्ड पाएका थिए। उनी नौ पटक बेस्ट कमेडियनको फिल्म फेयर अवार्ड पनि हात पार्न सफल भएका थिए। उनको पहिलो फिल्म ‘दाग’ हो। उनले तीन सय बढी फिल्ममा अभिनय गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्