शुक्रबार, कात्तिक २८, २०८२

'पूर्णबहादुरको सारंगी' ले १० दिनमा कमायो १८ करोड, बनायो दुई कीर्तिमान

 |  आइतबार, कात्तिक २५, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २५, २०८१

काठमाडौं- फिल्म 'पूर्णबहादुरको सारंगी' ले आक्रामक व्यापार गरिरहेको छ। विजय बराल अभिनीत यो फिल्मले प्रदर्शनको १० दिनमा १७ करोड ९८ लाख रूपैयाँ कमाइ गरेको छ।

National life

निर्माण पक्षले आइतबार बेलुका शनिबारसम्मको कमाइ सार्वजनिक गरेको छ। फिल्मले कीर्तिमान समेत कायम गरेको छ। यो फिल्मले एकै दिनमा सर्वाधिक कमाइ गर्ने नेपाली फिल्मको कीर्तिमान रचेको छ। फिल्मले शनिबार एकै दिन ३ करोड ८९ लाख रूपैयाँ कमाएको हो।

अहिलेसम्म एकै दिनमा कुनै नेपाली फिल्मले यति धेरै कमाएका थिएनन्। फिल्मले शुक्रबार २ करोड ९९ लाख रूपैयाँ कमाएको थियो। 

'पूर्णबहादुरको सारंगी' ले अहिलेसम्मकै सर्वाधिक शो पाउने नेपाली फिल्मको समेत कीर्तिमान बनाएको छ। फिल्मले शनिबार देशभर ४ सय ६५ बढी शो पाएको निर्माण संस्था सेभेन सिजले जनाएको छ। आइतबार पनि फिल्मको शो सोही आसपास थियो। 

यसअघि 'बेहुली फ्रम मेघौली' ले देशभरि ३ सय ३५ शो पाएर कीर्तिमान बनाएको थियो। सो कीर्तिमान 'पूर्णबहादुरको सारंगी' ले तोडेको हो। कतिपय हलहरुले बिहान सबेरै र मध्यरातमा पनि फिल्म चलाएका छन्।

Laxmi sunrise bank
kumari

'पूर्णबहादुरको सारंगी' सरोज पौडेलको लेखन तथा निर्देशनमा बनेको हो। फिल्ममा विजय बराल, प्रकाश सपुत, अन्जना बराइली, मुकुन भुसाल, बुद्धि तामाङ, भोलाराज सापकोटा लगायत कलाकारहरूको अभिनय छ। फिल्मको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन्। विनोद पौडेल र प्याट्रिक सुवेदी फिल्मका निर्माता हुन्।

प्रकाशित: Nov 10, 2024| 23:24 आइतबार, कात्तिक २५, २०८१
प्रतिक्रिया दिनुहोस्