आइतबार, माघ २५, २०८२
  • गृहपृष्ठ
  • मनोरञ्जन
  • अमेरिकामा पनि रुचाइयो पूर्णबहादुरको सारङ्‍गी, धुरुधुरु रोए कनेक्टिकटका नेपाली

अमेरिकामा पनि रुचाइयो पूर्णबहादुरको सारङ्‍गी, धुरुधुरु रोए कनेक्टिकटका नेपाली

 |  आइतबार, कात्तिक २५, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २५, २०८१

काठमाडौं- चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले देशभर हाउसफुल व्यापार गर्दै दर्शकहरूबाट उच्च प्रशंसा पाइरहेको छ। घरेलु बक्स अफिसमा उछाल ल्याएपछि यो चलचित्रको अन्तर्राष्ट्रिय बजारमा समेत माग बढेको छ। 

National life

अमेरिकालगायत थुप्रै देशमा अहिले यो फिल्म चलिरहेको छ। अमेरिकामा यो चलचित्र नोभेम्बर ८ शुक्रबार रिलिज भएको छ। रिलिजको दिनदेखि नै यो हाउसफुल चलिरहेको छ। नेपालीको बसोबास रहेका ठाउँमा नेपाली चलचित्रको माग बढ्दो छ।

कनेक्टिकट राज्यको वेष्ट हार्टफोर्डमा रहेका नेपालीहरुले पनि फिल्मको प्रशंसा गरेका छन्। फिल्म हेर्दै गर्दा दर्शक भावुक भएका छन्। दर्शक रोएका क्लिपहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। हलमा दर्शकलाई टिस्यु पेपर बाँडेको समेत देखिएको छ। अहिलेसम्म यस्तो मन छुने फिल्म हेर्न नपाएको प्रतिक्रिया दर्शकले दिएका छन्।

प्रकाशित: Nov 10, 2024| 19:36 आइतबार, कात्तिक २५, २०८१
प्रतिक्रिया दिनुहोस्