काठमाडौं- अंग्रेजी नयाँ वर्षको पहिलो दिन जागरुक युवा अभियान नेपालले अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाएको छ।
‘नेपाली टोपी : हाम्रो गौरव, हाम्रो पहिचान’ भन्ने नाराका साथ माइतीघरमा छैटौँ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाएको हो। माइतीघरमण्डलमा भेला भएको युवायुवतीले पञ्चेबाजासहित मण्डलादेखि नयाँबानेश्वरसम्म प्रभातफेरि गरेका थिए।
अंग्रेजी नयाँ वर्ष मनाउने प्रचलन बढिरहेको भन्दै २०७० सालदेखि नेपाली मौलिक पोशाक संरक्षणको अभियानका लागि ‘टोपी दिवस’ मनाउन सुरु गरिएको हो।
सामाजिक सञ्जालमा एकदिन मात्रै टोपी लगाएर तस्बिर खिचाउँदै टोपी दिवसको सार्थकता नहुने भन्दै आलोचना भइरहेको छ। केहीले भने टोपी लगाएको तस्बिरसहित नेपाली ढाका टोपीको संरक्षण गर्नुपर्ने भन्दै सामाजिक सञ्जाल फेसबुक , ट्वीटर र इन्स्टाग्राममा पोस्ट गरेका छन्।


थप पढ्नुस्,
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४