शनिबार, वैशाख २६, २०८३

'हरिबहादुरको जुत्ता' चलचित्रको नायिकामा स्वस्तिमा अनुबन्धित

 |  शुक्रबार, कात्तिक २३, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २३, २०८१

National life

काठमाडौं- अभिनेता हरिवंश आचार्य र प्रकाश सपुतको मुख्य भूमिका रहने गरी बन्न लागेको फिल्म ‘हरिबहादुरको जुत्ता’ मा नायिकाको रुपमा स्वस्तिमा खड्का अनुबन्धित भएकी छन्। आचार्यले फेसबुकमा तस्बिर सेयर गर्दै यसबारे जानकारी दिएका हुन्।

फिल्मलाई दीपेन्द्र के खनालले निर्देशन गर्न लागेका छन्। सरोज ओलीको निर्माण रहने फिल्मको पटकथा तथा संवाद हरिवंशले लेखेका छन्। 

अभिनेताद्वय हरिवंश र प्रकाशसँग निर्देशक दिपेन्द्रको यो पहिलो सहकार्य हो। तीनैजनाले यसअघिसँगै फिल्ममा सहकार्य गरेका छैनन्। प्रकाशका अनुसार यो फिल्म तीन पुस्ताका कलाकर्मीलाई जोड्ने कडी बन्नेछ।
 

प्रकाशित: Nov 08, 2024| 18:52 शुक्रबार, कात्तिक २३, २०८१
प्रतिक्रिया दिनुहोस्