शनिबार, मंसिर ८, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

स्वस्थ जीवनका लागि प्रकृतिले नै दिएको छ कैयौं औषधि

 |  बिहीबार, कात्तिक २२, २०८१
nespernesper

डा. दिलजान मन्सूर

डा. दिलजान मन्सूर

बिहीबार, कात्तिक २२, २०८१

मान्छे बिरामी भएर अकालमा मर्ने धेरै कारण छन्। कम्मरको वरिपरि रहेको बोसो सबैभन्दा घातकमध्येको एक हो। कि हामीले त्यो बोसो समाप्त गर्न सक्नुपर्छ, कि त त्यही बोसोले हामीलाइ सताउँछ। तसर्थ उक्त बोसोलाई परास्त गर्न निम्न उपायहरु अपनाउन सकिन्छ।

triton college

• प्रशोधित खानेकुरा नखाने। वास्तविक खानेकुरा खाने। उच्च पोषण र प्रोटिन भएको खानालाई आफ्नो भोजनको आधार बनाउने। १०० वर्ष पहिले हाम्रा पिता पुर्खाहरुले खाने गरेका खानेकुरा खाने। यसको मतलव १०० बर्ष पुराना खानेकुरा खोज्दै हिँड्ने भन्न खोजेको होइन। एउटा बिचारको रुपमा बहस छेडेको। भन्न खोजेको के भने जीबन्त (जीवन भएको) खानेकुराहरु खाने । किनकी आधुनिक खाद्य उद्योगले हाम्रो स्वास्थ्यको चिन्ता गर्दैनन्। मात्र आफ्नो ब्यापार हेर्छन्। हाम्रो जीवन उनीहरुको भरमा छोड्नु भएको स्वस्थ नभई रोगी हुनु हो। मुटु हाम्रो इन्जिन भएको हुँदा हामी आफैंले यसको ख्याल गर्नुपर्छ।

• दैनिक कम्तिमा १० हजार पाइला हिँड्ने। शुरु शुरुमा यो धेरै जस्तो लाग्न सक्छ। थोरैबाट शुरु गर्ने अनि बढाउँदै लैजाने। हिँड्न मन पर्दैन भने बास्केटबल, टेनिस, फुटबल जस्ता खेलहरू खेल्न सकिन्छ। साइकल चलाउन¸पौडिन सकिन्छ। जति धेरै ब्यायाम उति राम्रो स्वास्थ्य। खाना खाएपछि कम्तीमा ३० मिनेट हिँड्ने।

• आवश्यकता अनुसार (दैनिक कम्तीमा २ लिटर) पानी पिउने। शरीरको लागी हाइड्रेसन अति नै महत्वपूर्ण छ। यसले हाम्रो मेटाबोलिजम मजबुत गराउँछ। दिमागलाई पनि राम्रो गर्छ। खाना खानुअघि पानी पिएमा भोकको महशुस कम गराउँछ। पानी पिउने तर अल्कोहल नपिउने।

• राति ७-८ घण्टा मजाले निदाउने। स्वास्थ्यको लागी यो अत्यन्तै महत्वपूर्ण छ। तसर्थ यसलाई दिनचर्या बनाउने। सुत्ने र उठ्ने समय एकनासको बनाउने। यस प्रकारको कार्य शरीर, दिमाग र केही मात्रामा तौल घटाउने अनि मांसपेशी बढ्ने क्रियासँग सम्बन्धित छ। जसले गर्दा जीवनमा सकारात्मक परिवर्तन आउँछ।

Metro Mart
vianet

• हप्तामा कम्तिमा २ देखि ३ दिन वेट ट्रेन गर्ने। भारत्तोलन गर्ने वा आफ्नै शरीरको वजनसँग ट्रेन (क्यालिस्थेनिक्स) गर्ने। मांसपेशी वृद्धि गर्नाले कुशल "फ्याट बर्निङ" मेसिन बनाउँछ। यसको बारेमा सोच्ने अनि गर्ने।

• शरीरको तौलको प्रति किलोग्राम १.५ देखि २ ग्राम प्रोटिन खाने। जसले गर्दा शरीरमा मांसपेशीको वृद्धि हुन्छ। सजिलैसँग शरीरको बोसो घटाउन सकिन्छ। खानामा प्रोटिनको मात्रा बढाउने। यसले कम भोक महसुस हुन्छ।

• व्रतलाई विकल्पको रुपमा लिन सकिन्छ। यसलाई उचित अभ्यासमा लगेमा यो शक्तिशाली हतियार हो। उपबास १२ घण्टा अवधिको शुरु गर्ने र १४ हुँदै १६ अनि १८ घण्टासम्म बढाउन सकिन्छ। यसले शरीर र दिमागलाई राम्रो बनाउँछ। यसमा कुनै शंका छैन। ब्रतलाई थप सहज बनाउन बीच बीचमा सादा कालो कफी पिउन सकिन्छ।

• मजाले घाम ताप्ने। शरीरमा घामको महत्व र फाइदाहरूको सूची ठूलो छ। दिनमा कम्तिमा २०-३० मिनेट घामको किरणमा आफूलाई खुला गर्ने अभ्यास अति उत्तम हुन्छ। बिहानको केही मिनेट घामले राम्रो गर्नेछ।

• एउटा यस्तो अवस्थाको सृजना गर्ने की जतिबेला मानसिक रुपमा चरम सुख होस्। म यसमा बढी नै जोड दिन्छु। हरेक दिन कुनै कुरालाई प्रतिबिम्बित गर्नका लागि स्पष्ट दिमागमा समय बिताउन सकियो भने जीबनका लक्ष्यहरुको लागि संघर्ष गर्न सहज हुनेछ। त्यसको लागि ध्यान गर्न सकिन्छ। हिँड्न सकिन्छ। श्वासप्रश्वास विधिहरू प्रयोग गर्न सकिन्छ। जुन कार्य गर्न आफूलाई सहज हुन्छ।

• प्रकृतिमा समय बिताउने¸ पदयात्रामा जाने, खेलकुद गर्ने जस्ता कार्य गर्न सकिन्छ। यो अर्को नजरअन्दाजको बिषय हो जसको कुनै महत्व छैन जस्तो देखिन्छ। तर यसमा धेरै कुरा लुकेको हुन्छ। यसले तपाईंलाई ठूलो स्पष्टता दिनेछ।

प्रकृतिले दिएका नि:शुल्क औषधीहरु छन् जुन स्वस्थ जीबनका लागि रामबाण साबित हुन्छन्। तर हामीले ती नि:शुल्क औषधीहरुको उपभोग गर्न जान्नुपर्दछ। निन्द्रा¸ घाम¸ ब्यायाम¸ ध्यान¸ हाँसो¸ दया¸माया¸करुणा¸ सकारात्मक सोच जस्ता कुराहरु प्रकृतिले दिएका नि:शुल्क र अपरम्पार औषधी हुन्।
- डा. मन्सूरको फेसबुकबाट

प्रकाशित: Nov 07, 2024| 19:16 बिहीबार, कात्तिक २२, २०८१
प्रतिक्रिया दिनुहोस्

थप समाचार

महिला मृत्युदर घटाउन नि:शुल्क 'एचपीभी' खोप

महिला मृत्युदर घटाउन नि:शुल्क 'एचपीभी' खोप

पछिल्लो समय पाठेघरको मुखमा हुने क्यान्सरका कारण अकालमा मृत्यु हुनेको संख्या बढ्दो छ। उक्त जोखिम न्यूनीकरण गर्ने उद्देश्यले करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको...