मुम्बई – ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष २०१९ सुरु भएको छ। विश्वभरका मानिसले नयाँ वर्षलाई उल्लासपूर्वक मनाइरहेका छन्। नयाँ वर्ष मनाउने चलन कहिले सुरु भयो त?
नयाँ वर्ष मनाउने चलन आजभन्दा चार हजार वर्षअघि सुरु भएको हो। रोमका तानाशाह जुलिएस सिजरले संसारभरमा नयाँ पात्रो प्रचलनमा ल्याए। त्यसलाई जुलियन पात्रो भनिन्थ्यो। त्यसैबेलादेखि संसारभर पहिलोपटक जनवरी १ लाई नयाँ वर्षका रुपमा मनाउन थालियो।
जुलियन पात्रो १६ सय वर्षसम्म लागू गरिएको थियो। त्यसपछि उक्त पात्रोको ठाउँमा ग्रेगोरियन पात्रो आयो। यसलाई ग्रेगोरीले प्रचलनमा ल्याएका थिए। यो पात्रोलाई जुलियन पात्रको रूपान्तरण मानिन्छ ।
कसले कहिले मनाउँछन् नयाँ वर्ष?
भारतीय उपमहादीपका अधिकांश मुलुकमा चान्द्रमासअनुसार नयाँ वर्ष मनाइन्छ। यसको आरम्भ चैत शुक्ल प्रतिपदाबाट हुन्छ।
जैन धर्मका अनुयायीहरु नयाँ वर्ष दीपावलीको अघिल्लो दिन मनाउँछन्। उनीहरुका अनुसार भगवान् महावीरले मोक्ष पाएको दिनको रुपमा दीपावलीको अघिल्लो दिन नयाँ वर्ष मनाइन्छ।
पारसी धर्मावलम्बीहरु १९ अगस्टमा नवरोजका रूपमा नयाँ वर्ष मनाउँछन्। सिख धर्मावलम्बीहरुले वैशाखी पर्वका रुपमा नयाँ वर्ष मनाउँछन्। मुस्लिम धर्मावलम्बीहरु हिजरी पात्रोका आधारमा नयाँ वर्ष मनाउँछन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४