मंगलबार, जेठ १९, २०८३

उपनिर्वाचनका लागि कांग्रेसले सातै प्रदेशमा खटायो नेता

 |  बुधबार, कात्तिक २१, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २१, २०८१

काठमाडौं- नेपाली कांग्रेसले आगामी १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनमा पार्टीका उम्मेदवार जिताउन सातै प्रदेशमा नेताहरु खटाएको छ।

National life

बुधबार बसेको कांग्रेसको स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिको बैठकले १० नेताको जिम्मेवारी तोकेको हो।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सहमहामन्त्रीहरु महालक्ष्मी उपाध्याय डिनालाई बागमतीमा, भीष्मराज आङ्देम्बेलाई कोशीमा, महेन्द्र यादवलाई मधेशमा, जीवन परियारलाई कर्णाली र गण्डकीमा जिम्मेवारी तोकिएको छ।

त्यस्तै सुदूरपश्चिममा नेता एनपी साउद, लुम्बिनी प्रदेश र निर्वाचन आयोगसँग समन्वय गर्न पुष्पा भुसाल, अन्तरपार्टी समन्वय गर्न डा. प्रकाशशरण महत, प्रचार प्रसार संयोजनमा मीन विश्वकर्मा, स्थानीय तह समन्वयमा मधु आचार्य र सचिवालय व्यवस्थापनमा नानु बास्तोलालाई जिम्मेवारी तोकिएको छ।

यी नेताहरुले उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारहरुलाई विजयी बनाउन प्रदेश, जिल्ला र स्थानीय तहका कार्यसमितिसँग समन्वय र सहजीकरण गर्नेछन्।

Shivam cement

प्रकाशित: Nov 06, 2024| 19:11 बुधबार, कात्तिक २१, २०८१
प्रतिक्रिया दिनुहोस्