मंगलबार, साउन १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चोलेन्द्रका विषयमा फैसला लिदैँ संसदीय सुनुवाइ समिति

चोलेन्द्रका विषयमा फैसला लिदैँ संसदीय सुनुवाइ समिति

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको विषयमा संसदीय सुनुवाइ विशेष समितिले आज (मंगलबार) निर्णय लिने भएको छ । बिहान ११ बाट सुरु भएको संसदीय सुनुवाइमा राणाले जवाफ दिइरहेका छन् । 

उनको जवाफपछि समिततिले आजै निर्णय लिने सम्भावना रहेको स्रोतले जनाएको छ । राणाको विषयमा परेको उजुरीका बारेमा आइतबार सांसदहरुले प्रश्न गरेका थिए । उनीरुद्ध ९ उजुरी परेका थिए । 

कांग्रेसका तत्कालीन नेता जयप्रकाश प्रसाद गुप्तालाई भ्रष्टाचार मुद्दामा राणाले सफाइ दिएका सम्बन्धनमा, पर्साको छपकैया पोखरीको सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्ने फैसला गरी आर्थिक लाभ लिएको भन्दै उजुरी परेको छ । 

यस्तै तत्कालीन अधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी शाह (राणा) को दाइजोलाई सही ठहर गरेको, विभिन्न व्यक्ति र समूहबाट आर्थिक लाभ लिएर हैसियतभन्दा बढी सम्पत्ति आर्जन गरेको विषयमा पनि समितिमा उजुरी परेको छ । 

यसैगरी पशुपतिनाथ भण्डारी तहकित कार्यालयसमेत मुद्दामा राणाले मोटो रकम असुल गरी फैसला गरेको, रोयल्टी नतिरेपछि बन्द भएका क्यासिनो सञ्चालनको फैसला गरेको, गुठीको जग्गा व्यक्तिको नाममा नामसारी गर्ने विभिन्न फैसला गरेकोलगायतका उजुरी राणा विरुद्ध परेका छन् । 

यी उजुरीका विषयमा आइतबार प्रस्तावित प्रधानन्यायाधीश राणासँग सोधपुछ गरिएको थियो । आज उनको जवाफपछि समितिले स्वीकृत वा अस्वीकृतको निर्णय लिने छ ।

समितिको दुई तिहाइ बहुमतबाट अस्वीकृत भएको अवस्थामा बाहेक राणा प्रधानन्यायाधीश नियुक्तिका लागि योग्य हुनेछन्। यसअघि समितिले अफ्नो इतिहासमै पहिलो पटक दीपकराज जोशीको नाम अस्विकृत गरेको थियो । 

राणालाई संवैधानिक परिषद्ले मंसिर २७ गते प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो। संवैधानिक परिषद्ले सर्वोच्च अदालतमा तीन वर्ष सेवा अवधि पुगेको वरिष्ठतम् न्यायाधीशका रुपमा सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा राणाको प्रस्ताव गरी संसदीय सुनुवाइका लागि समितिमा पठाएको थियो । 

सर्वोच्चका बहालवाला प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले आजै अवकाश पाउँदैछन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।