मंगलबार, साउन १२, २०८३

यसरी सुरु भएको थियो नेपाली टोपी दिवस  

सामाजिक संजालका भित्ताहरुमा आज टोपी लाएको तस्वीरहरु हाल्ने असंख्य छन। सर्वसाधारण देखि साम्सद, मेयर अनि मन्त्री सम्मले आफ्नो टोपी लाएको तस्वीरहरु आजकै दिन राख्दै आएका छन। नेपालीले लाउने मौलिक टोपी ...
 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

इटहरी- आज नेपाली टोपी दिवस । सरकारी वा कुनै आधिकारिक औपचारिक घोषणा नभए पनि आजको दिनलाई नेपाली टोपी दिवस मान्ने चलन छ। हरेक अङ्ग्रेजी नयाँ बर्षकै दिन नेपाली टोपी दिवस मनाइन्छ। 

सामाजिक संजालका भित्ताहरुमा आज टोपी लाएको तस्वीरहरु हाल्ने असंख्य छन। सर्वसाधारण देखि साम्सद, मेयर अनि मन्त्री सम्मले आफ्नो टोपी लाएको तस्वीरहरु आजकै दिन राख्दै आएका छन। नेपालीले लाउने मौलिक टोपी नेपाली ढाकाटोपी दिवसको पक्षमा जस्तै विपक्षमा पनि मतहरु छन। पक्षको तर्क गर्नेहरु नेपाली मौलिक पहिरन जोगाउन टोपी दिवस सहि मान्छन । यो जमात ठुलो छ । 

ठुलो भएर नै सामाजिक संजालमा उनीहरुको उपस्तिथि नि ठुलो छ। अर्कोथरी जमात छ जो टोपी दिवस आवश्यक मान्दैन ।  नेपाली मौलिक र दैनिक पहिरनको कुनै दिवस आवश्यक नभएको उनीहरुको भनाइ छ। यसरी उत्साह र विवाद दुवै बोक्ने टोपी दिवस कसरी सुरु भएको हो ? कस्ले सुरु गरेको हो ? यो पनि एक रोचक कुरा छ। 

यसरी धरानबाट सुरु भएको हो नेपाली टोपी दिवस

कुरा २०७० फागुन ११ को हो । धरानमा आर्ट अब लिभिङ नामक एक संस्थाले यस्का संस्थापक भारतीय गुरु रवि शंकरलाई आमन्त्रण गर्यो। यसरी आमन्त्रण गरिएका गुरु रवि शंकरको सम्मानमा धरान- १२ को पब्लिक मैदानमा स्वागत गरिएको थियो। 

नेपालका चर्चित खर्बपति बिनोद चौधरी सहित थुप्रै नेता, ब्यापारी सहित स्थानीय आयोजकले शंकरलाई भब्य स्वागत गर्यो। स्वागत गर्दा शंकरलाई नेपाली दौरासुरुवाल र ढाकाटोपीले गरिएको थियो। यसरी नेपाली मौलिक पोसाकमा सजिएका शंकरले ढाकाटोपी औधी मन पराए।

तर, बृहत भेलामा उपस्थितहरुमा एकदम नगन्य संख्याले मात्रै यस्तो टोपी लाएका थिए। अनि रवि शंकरले उद्घोष गरे,  'नेपाली टोपी सबैले जोगाउनु पर्छ । यस्को सम्मान हुनुपर्छ । यसो गर्न अब हरेक अङ्ग्रेजी बर्षमा हामीले नेपाली टोपी दिवस मनाउनु पर्छ।' 

शंकर  सन २०१३ को मार्च १ मा आएका थिए। तर, हरेक नयाँ अङ्ग्रेजी बर्षमा नेपाली टोपी दिवस मनाउन आग्रह गरे। अङ्ग्रेजी बर्षमा नेपालीपन सम्झाउन सोही दिन नेपाली टोपी दिवस मनाउन रवि शंकरले प्रस्ताव गरेको तत्कालीन आर्ट अब लिभिङ धरानमा आबद्ध सरस्वती श्रेष्ठले बताएकी थिइन।

गुरु रवि शंकरले हरेक अङ्ग्रेजी बर्षमा नेपाली टोपी दिवस हुनुपर्ने बताएपछि उनका नेपालभरका समर्थकहरुले यो अभियान सन २०१४ को जनवरी १ बाट सुरु गरे ।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।