आइतबार, माघ ११, २०८२

मैतीदेवीमा सिटिजन लाइफ इन्स्योरेन्सको नयाँ शाखा

 |  मंगलबार, कात्तिक २०, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २०, २०८१

काठमाडौं- सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौंको मैतीदेवीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।​​

National life

स्थानान्तररित शाखाको सोमबार कम्पनीका ब्रान्ड एम्बेस्डरद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले शुभारम्भ गरेका हुन्।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, प्रमुख बजार व्यवस्थापन अधिकृत भूषण रिमाल, मध्य र मध्यपश्चिम क्षेत्रका प्रमुख व्यवसाय अधिकृत सुनिल पोखरेलको सहभागिता रहेको थियो।

यस्तै, कम्पनीका केही विभाग प्रमुखहरू, कम्पनीका टप सिनियर एजेन्सी म्यानेजरहरू, केही सिटिजन लिडरहरू र स्थानीयको समेत उपस्थिति रहेको कम्पनीले जनाएको छ।

नयाँ स्थानमा शाखा कार्यालय स्थानान्तरणसँगै कम्पनीका सेवाग्राहीहरू र अभिकर्ताहरूले थप सहज र गुणस्तरीय सेवा प्राप्त गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत पौडेलले बताए।

Laxmi sunrise bank
kumari

समापनको अवसरमा कम्पनीका ब्रान्ड एम्बेस्डरद्वय श्रेष्ठ र आचार्यले कम्पनीले हासिल गरेको सफलतामा आफूहरू सामेल हुन पाउँदा खुशी व्यक्त गरे। कम्पनीले हाल प्रधान कार्यालयसहित १३६ शाखा तथा उपशाखा कार्यालयमार्फत आधुनिक प्रविधिको प्रयोग गरी गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

 

प्रकाशित: Nov 05, 2024| 12:07 मंगलबार, कात्तिक २०, २०८१
प्रतिक्रिया दिनुहोस्