मंगलबार, साउन १२, २०८३

काठमाडौंको तापक्रम बढ्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमडौं- सोमबार ०.५ डिग्रीमा झरेको काठमाडौंको तापक्रम मंगलबार बढेको छ। पश्चिमि न्यून चापिय प्रणलीका कारण नेपालको आकाशमाथि बादल लागेसँगै तापक्रम वृद्धि भएको हो । 

मैसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार बिहानको न्यूनतम तापक्रम १.२ डिग्री रहेको छ । यो तापक्रम शुक्रबारसम्ममा अझै बढ्ने मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । पश्चिमबाट सर्दै आएको बादल शुक्रबारसम्म रहने र यसले न्यूनतम तापक्रम झर्न नदिने उनले बताए । यहि बादलका कारण खुलेर घाम नलाग्ने उनले जानकारी दिए । 

मौसमविद् प्रधानाङ्गका अनुसार पश्चिमि न्यून चापिय बादलका कारण उच्च पहाडी क्षेत्रमा हल्का वर्षा हुने सम्भावना छ भने हिमाली क्षेत्रमा हिउँ पर्नेछ । शुक्रबारपछि काठमाडौं न्यूनतम तापक्रम घट्न सक्ने उनले जानकारी दिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।