काठमाडौं- आज अंग्रेजी नयाँ वर्ष सन् २०१९ को पहिलो दिन। संसारभर अंग्रेजी पात्रो अनुसार नयाँ वर्ष मनाइँदै छ। नेपालीहरुले पनि अंग्रेजी वर्ष २०१९ भव्यताका साथ मनाइरहेका छन्।
मनमा सधैं प्रश्न उठ्ने गर्छ। सबैभन्दा पहिले नयाँ वर्ष कहाँ मनाइन्छ। यसको कुनै मापन तथा ठोकुवा गर्ने साधन त छैन । तर, सबैभन्दा पहिले सेन्ट्रल प्यासेफिक समुन्द्रमा रहेका कृबाती र सामोओ नयाँ वर्ष मनाइने सिएनएनले उल्लेख गरेको छ।
यस्तै अन्तिममा नयाँ वर्ष मनाइने ठाउँ भनेको बेकर टापु हो । बेकर टापु मानवबस्ती नभएको टापु हो । यो सुमाओ र कृबाती हवाइ र न्यूजिल्यान्डकोबीचमा अर्थात सेन्ट्रर्ल प्यासेफिक ओसियनस्थित इक्वेटरको उत्तरपट्टीको करिब ३ हजार किलोमिटरको होनोलुलुमा पर्छ।
रोचक त के छ भने सामोओ र कृबातीमा न्यु एयर मनाएर बेकर ल्यान्ड पुग्दा त्यहाँ न्यु इयर मनाउने ठिक्क समय भएको हुन्छ। यस्तो हुनुको मुख्य कारण अन्तर्राष्ट्रिय डेटलाइन हो।
के हो अन्तर्राष्ट्रिय डेटलाइन?
नयाँ वर्ष संसारको कुनै ठाउँमा मनाएपनि अन्तर्राष्ट्रिय डेटलाइनले के गर्छ भन्ने प्रश्न आउन सक्छ। अन्तर्राष्ट्रिय डेटलाइन भनेको एक काल्पनिक मिति रेखा हो। यो सन् १८८४ मा दुई वटा क्यालेन्डरको मिति छुट्याउका लागि निर्धारण गरिएको थियो। यो राष्ट्रिय ओसेनिक र एटमोसफेरिक एडमिन्सट्रेसनको आधारमा डटलाइन निर्धारण गरिएको थियो।
यो उत्तरी धुव्रदेखि दक्षिणी धुव्रसम्म कोरिएको छ। यो कुनै स्केल नै लिएर कोरिएको भौतिक रेखा हो, न त कुनै देश टुक्रयाउने राजनीतिक रेखा बनाएको छ।
सामोओ र कृबातीमा पहिले न्यु एयर मनाउने कारण
कारण सामान्य छ। यी दुई टापुहरु अन्तर्राष्ट्रिय मिति रेखाको नजिक छन्। न्यूजील्यान्ड र अन्य प्यासिफिक टापुहरु पनि पश्चिमी भागमा परेपनि सोमाओ र कृबाटी पश्चि भएपनि रेखाको नजिक पर्छन। यी दुई टापु अन्तर्राष्ट्रिय डेटलाइनको सबैभन्दा नजिक हुनाले नयाँ वर्षको मिति र समय यहीबाट पहिलो पटक सुरू हुन्छ। यी दुई न्यु एयरका समयमा, पर्यटकिय ताथा मनोरन्जनको गन्तव्य हुने गरेको छ ।
सन् १९९० को मध्य ताका, कृबाती दुई भागमा विभाजित थियो जहाँ, पश्चिम तर्फका वासिन्दा नयाँ वर्ष मनाउन व्यस्त हुन्थे भने पूर्वपट्टीका बासिन्दा भने काममा । यसले निकै समस्या हुन थाल्यो। तर, १९९० पछि भने यी दुई क्षेत्रमा एउटै क्यालेन्डरलाई मान्यता दिइयो।
(सिएनएनको सहयोगमा)
अन्तर्राष्ट्रिय डेटलाइन अनुसार सुरु हुने मिति हेर्न यहाँ क्लिक गर्नुहोस्,