मंगलबार, साउन १२, २०८३

पूर्वराज्यमन्त्री शर्माको निधन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का नेतृ तथा पूर्वराज्यमन्त्री कमला शर्माको ५५ वर्षका उमेरमा सोमबार निधन भएको छ। 

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनका संयोजक तथा संविधानसभा सदस्यसमेत रहेकी शर्मा कलेजो र मिर्गौलाको समस्याबाट ग्रस्त थिइन्। उनको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको पार्टीका महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिनुभयो । शर्माका श्रीमान्, एक छोरा र तीन छोरी छन्। उनको आजै पशुपति आर्याघाटमा अन्त्येष्टि गरिएको छ। 

पार्टी अध्यक्ष पशुपतिशम्शेर जवराले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि दिएका थिए। शर्माको निधनमा केन्द्रीय कार्यसमितिको आज बसेको आकस्मिक बैठकले उनको निधनबाट पार्टी र राष्ट्रवादी आन्दोलनमा अपूरणीय क्षति पुगेको ठहर गरेको छ।

त्यसैगरी पार्टी केन्द्रीय सदस्य शर्माको असामयिक निधनमा शोक जनाउन पार्टी केन्द्रीय कार्यालयसहित पार्टीका सबै तहका कार्यालयमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाइने र कुनै औपचारिक काम नगरिने निर्णय गरेको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।