मंगलबार, साउन १२, २०८३

राजधानीमा 'न्यू इयर इभ' को उत्साह

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- अंग्रेजी पात्रो अनुसार मंगलबारदेखि नयाँ वर्ष सन् २०१९ सुरु हुँदैछ। नेपालमा विक्रम सम्वत प्रचलनमा रहेपनि विश्वव्यापीकरणको प्रभावले पछिल्लो समय अंग्रेजी नयाँ वर्ष पनि भव्य रुपमा मनाउन थालिएको छ। नेपाली नयाँ वर्षभन्दा पनि अंग्रेजी नयाँ वर्षले बढी महत्व पाउन थालेको छ। प्रायः विदेशीहरुले भरिने ठमेल र दरबारमार्गमा अंग्रेजी नयाँ वर्ष मनाउने विदेशीभन्दा धेरै नेपालीहरु नै देखिन्छन्। 

सोमबार नयाँ वर्षको पूर्वसन्ध्यामा राजधानीमा ‘न्यू इयर इभ’को रौनक बेग्लै देखियो। नयाँ वर्षलाई स्वागत गर्न राजधानीका विभिन्न स्थानमा ठूलो संख्यामा मानिसहरु जम्मा भएका छन्। दरबारमार्ग, ठमेललगायतका पर्यटकीय स्थलमा विभिन्न सांस्कृतिक कार्यक्रम र सडक प्रस्तुतिसहित नयाँ वर्षको स्वागत गरिएको छ। 

राजधानीका विभिन्न रेस्टुरेन्टहरुमा नव वर्षको स्वागतका लागि विशेष तयारी र छुटका अफरहरु दिइएको छ। नयाँ वर्षको पूर्वसन्ध्यामा भिडभाड र होहल्ला धेरै हुने भएकोले सुरक्षा व्यवस्था पनि कडा पारिएको छ। 

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।