मंगलबार, साउन १२, २०८३

प्रधानमन्त्रीको अर्को झुट: पुस १६ आयो, पानी जहाज आएन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- आज पुस १६ गते। मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्री केपी शर्मा ओलीले उनका आलोचकलाई पानीजहाज चढ्‍न निम्तो दिएको दिन। तर, आज प्रधानमन्त्रीले पानीजहाज ल्याउने त कता हो कता, सार्वजनिक रुपमा पानीजहाजको विषयमा बोल्न पनि चाहेनन्। 

प्रधानमन्त्रीको पदभार ग्रहण गरेको पाँच महिना मै चर्को आलोचना भइरहेका बेला त्ससको वेग रोक्नका लागि १४ असारमा राजधानीको एक कार्यक्रममा पुस १६ को पानीजहाज सपना बाँडेका थिए। उनलाई थाहा थियो, पुस १६ गते कुनै जादू छडी ल्याएपनि नेपालमा पानीजहाज सम्भव छैन भन्ने। तर, सपनाका पुलिन्दा पस्कने बानी परेका प्रधानमन्त्री ‌ओलीले दुरदृष्टी नराखी तत्कालको आलोचना टार्न 'पानीजहाज झटारो' हानेका थिए।  

मुलुकको सर्वोच्च पदमा आसिन प्रधानमन्त्रीले महत्वाकांक्षी सपना देखाएको धेरै भयो। प्रधानमन्त्रीले यस्ता अनेक झूठ बोलेका छन्, जनतासँग। उनले तुइनमुक्त मुलुको घोषणा गर्ने, पाइपलाइनबाट चुलोमा ग्यास पुर्‍याइदिने, हावाबाट बिजुली निकाल्ने। यतिसम्मकी उनले घरघरमै खाना पुर्‍याइदिनेसम्मका भाषण गरेका थिए। प्रधानमन्त्री देशमा जर्किनमा पेट्रोल बोक्ने दिन गए, बिजुली युग सुरु भयोभन्दै उद्घाटन गरिएका बिजुली बस गुणस्तरहिन भएको भन्दै ग्यारेजमा थन्किएका छन्। तीनीहरु फिर्ता गर्ने तयारी भइरहेको छ।  पाइपबाट ग्यास बाँड्ने योजना डेढ महिनामा नै तुहिकएको सर्वविदितै छ।  उनका कुनै पनि सपना साकार हुन सकेका छैनन्। यस्तै मध्येको हो, पानीजहाज। उनले असार १४ गते बाँडेको निम्तोको मिति आज पु्ग्यो। तर, चढाउने व्यक्ति र चढ्ने पानीजहाजको भने कुनै टुंगो छैन। 

'हेर्दाहेर्दै हनुमान नगरदेखि पानीजहाज आउँछ', उनले मुस्कुराउँदै भनेका थिए, 'सन् २०१८ पुस १६ सम्ममा (स्टीमर) पानी जहाज चढेर कलकत्ताको लागि साथीहरुलाई निम्ता छ।’सरोकारवालाहरु भने पानी जहाज ल्याउने-आउने विषयको अहिलेसम्म टुंगो नलागेको, खाका नै नआएको र पुष्टाइ नभएको बताउँछन्।नीति तथा पूर्वाधार विज्ञ सूर्यराज आचार्यले प्रधानमन्त्रीलगायत सरकारमा बसेको उच्च ओहोदाका अधिकारीहरुले अध्ययनबीन नै गैरजिम्मेवारपूर्वक पानी जहाज सम्बन्धमा बोलेको  बताए। ‘त्यसरी अध्ययनबिना ल्याएको पानी जहाजको भिजन असुचित र काँचो हुन्छ,’ उनले भने ‘तर अहिलेसम्म बोल्न मिल्ने गरी यातायात इन्जिनियरहरुले अध्ययन गरेका छैनन्। पुष्ट्याइको आधार पनि केही छैन।’

उनकाअनुसार पछिल्लो समय प्रधानमन्त्रीले प्रतिबद्धता गरेका हनुमाननगरबाट कलकत्तासम्म पानी जहाज सञ्चालनको कुरा भने असम्भव जस्तै हो। ‘तर खर्चिलो भए पनि प्रमले नै भनेको अर्को अन्तर्राष्ट्रिय समुन्द्रीमार्गमा नेपालकै झन्डा लगाएर पानीजहाज चलाउन सकिन्छ,’ उनले भने ‘जसरी विभिन्न कम्पनीले यायायात विभागसँग अनुमति लिइ रजिस्टर गरेर यातायात सञ्चालन गर्न सकिन्छ। त्यसरी नै समुन्द्रमा नेपालको पानीजहाज रजिस्टर गरेर सञ्चालन गर्न सकिन्छ।’ 

नेपाल भूपरिवेष्टीत मुलुक भएकोले कोरिया, जापानलगायतभन्दा बढी सहुलियत छ। त्यो अधिकार अहिलेसम्म सदुपयोग गर्न सकेका छैनौं। तर त्योभन्दा रेलमार्ग सस्तो र छिटो छरितो हुने उनको बुझाइ छ। त्यसैले आवश्यक परेमा नहर समेतबाट समुद्रसम्म पानी जहाज सम्बन्धी जलमार्ग निर्माण गर्ने कुरा प्राविधिक रुपले असम्भव नभएको उनी बताउँछन्। ‘तर जसरी प्रधानमन्त्रीतहबाटै बाहिर आएका पानीजहाज बारेमा कुराहरु त्यति सान्दर्भिक देखिैनन्,’ उनले भने ‘किनभने नेपालका लागि पानीजहाज चल्ने जलमार्गको निर्माण प्राविधिक र अर्थिक हिसाबले समेत सान्दर्भिक छैन।’

सरकारले यस विषयलाई प्राथमिकताको एजेन्डाको रुपमा सार्वजनिक गर्नुअघि बृहत्त प्राविधिक र आर्थिक अध्ययन गर्न जरुरी हुन्थ्यो। तर अहिले आवश्यक अध्ययन बिनाको पानीजहाज भिजनबाहिर आएका छन्।

उनका अनुसार १८ औं शताब्दीभन्दा पहिले विभिन्न देशमा कृतिम तथा नहर नदीमा पानीजहाज चलाइन्थ्यो। पछि त्यसलाई रेलले विस्थापित गर्‍यो। त्यसपछि सडकले विस्थापित गरेको हो।जल तथा ऊर्जा आयोगका सहसचिव माधव बेल्बासेले भर्खरै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत पानी जहाज हेर्ने कार्यालय बनाउने तयारी भइरहेको बताए। प्रधानमन्त्रीको निर्देशनमा उक्त कार्यालय बनाउन तयारी भइरहेको हो। 

उनका अनुसार जल यातायात सञ्चालनका लागि भारतसँग सहमति भइसकेको छ। प्राविधिक कामहरु अघि बढिरहेको छ। नेपालको टोली पटक-पटक भारतमा अध्ययनको लागि गइरहेको छ। भारतको टोली यही जनवरीमा अध्ययनको लागि आउने भएका छन्। ‘त्यसपछि केही सहज रुपमा काम अघि बढ्छ,’ उनले भने ‘पानीजहाज सञ्चालनको लागि अधिकांश जलमार्ग भारतको क्षेत्रमा पर्दछ।’

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता शिवहरि सापकोटाले पानी जहाज तथा जलमार्ग सम्बन्धमा बाहिर आएजस्तो गरी कामकारबाही अघि नभएको बताए। ‘अहिले मन्त्रालय अन्तर्गतकै विगतकै एक जल यातायात अयोजनालाई ब्युताउँने कि भन्ने तयारी भइरहेको छ,’ उनले भने ‘तर सडक, रेलमार्ग जस्तो भनिहाल्ने ठोस काम अघि बढेको छैन।’ 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नवराज ढकालले पानी जहाज तथा जलमार्ग सम्बन्धमा ‘लिगल’ र ‘वाइलेट्रल’ सहमति भएको बताए। ‘दुई देशबीचको वाणिज्य सम्बन्धमा कुनै समस्या छैन,’ उनले भने ‘वाणिज्य तथा पारबाहन सन्धिमा समेत समस्या छैन।’

उनले भौतिक प्रगति महत्वपूर्ण हुने भएको बताए। उनका अनुसार जल यातायात सञ्चालनका लागि भारतसँग सहमति भइसकेको छ। नेपालमा नारायणी र सप्तकोशीमार्फत् गंगा नदीमा मिसिएर कोलकाताको हल्दिया बन्दरगाह हुँदै बंगलादेश र अन्य मुलुकसँग जोडिन सकिने अध्ययनबाट देखिएको बताइएको छ।

विशेष गरी जलमार्ग विकास परिमार्जनअन्तर्गतको कोलकाताबाट बनारससम्मको १४ सय किमि लम्बाइमा भइरहेको जल यातायातसम्बन्धी गतिविधि तथा गण्डक, नारायणी र कोशी नदीमा जल यातायातको सम्भावना सम्बन्धि भारतीय पक्षले नेपाललाई जानकारी गराइसकेको छ।

प्रारम्भिक अध्ययनअनुसार नारायणीलगायत नदीमा तीनदेखि ६ सय टन क्षमताका जहाज सञ्चालन हुने देखिएको छ। दुई मिटर गहिरो भए उक्त क्षमताको पानीजहाज नेपालका नदीहरूमा चल्नेछन्। 

४ जेठ ०७३ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले पहिलो पटक नेपालको आफ्नै पानीजहाज समुद्रमा सञ्चालन गरिने घोषणा गरेका थिए। तत्कालीन एमालेको भातृ संगठन अखिल नेपाल महिला संघको राष्ट्रिय परिषद् बैठक उद्घाटन समारोहमा उनले पहिलो पटक पानीजहाजको प्रसंग निकालेका थिए। 

भारतले गरेको एक अध्ययनअनुसार द्रुत गतिमा काम अघि बढाए अबको एक वर्षपछि अर्थात् डिसेम्बर २०१९ मा अस्थायी टर्मिनल निर्माण हुने र जनवरी २०२० सम्ममा पानीजहाज नै सञ्चालन हुनेसमेत बताइएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।