सिरहा- नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सांसद प्रदीप गिरीले केपी शर्मा ओली नेतृत्वको सरकार प्रदेशलाई अधिकार सम्पन्न बनाउन नचाहेको आरोप लगाएका छन्।
जनतालाई अधिकार सम्पन्न बनाउन मुलुकमा संघीयता आएपनि नेकपा नेतृत्वको सरकारले आत्मसात गर्न नसकेको गिरीले बताएका छन्। ४३ औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा सिरहाको अर्नमामा सिरहा कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता गिरीले संघीय राज्यलाई मजबुत बनाउन कांग्रेसजन एकजुट भएर लाग्नुपर्ने उल्लेख गरेका छन्।
जनताको शासन भनिएपनि प्रहरी, प्रशासन अदालतजस्ता निकायहरुको व्यवहारमा परिवर्तन आउन नसकेको भन्दै गिरीले जनतासँग मेलमिलाप गरेर संस्थागत रुपमा हुने हरेक प्रकारका भ्रष्टाचारविरुद्ध लड्न कार्यकर्ताहरुलाई आग्रह गरे।
ुकांग्रेस पराजित भएपनि गाउँ, नगर र प्रदेश तहमा पर्याप्त बजेट पुगेको छ, गिरीले भने, स्थानीय तहसम्म बजेट पुग्नु राम्रो कुरा हो । प्रदेश, नगर र गाउँपालिकालाई बलियो बनाउनुस ।तर त्यहाँ हुने भ्रष्टारविरुद्ध लडाइगर्न कहिल्यै पछि नपर्नोस।
नेता गिरीले वर्तमान अवस्थामा मेलमिलापको परिभाषा परिवर्तन भइसकेको भन्दै नेता गिरीले सरकारको गलत क्रियाकलापविरुद्ध जनतासँग मिलेर लड्नु नै मेलमिलापको सन्देश रहेको बताए । संघीय शासनलाई मजबुत बनाउने कांग्रेस थरैपनि पछि नपर्ने भन्दै गिरीले भने, प्रधानमन्त्री र मुख्यमन्त्रीको झगडा भए हामी मुख्यमन्त्रीलाई साथ दिन्छौं। तर मुख्यमन्त्री र जनताबीच झगडा भए हामी जनतासँग जानेछौ'
मुलुकको समग्र विकासका लागि मेलमिलापको विकल्प नरहेको उल्लेख गर्दै गिरीले भने, 'राष्ट्र जोगाउन बीपीले राजासँग मेलमिलाप गरे । हामीले प्रचण्डसँग मेलमिलाप गर्यौं। तर प्रचण्डजीले धोका दिनु भयो।'
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४