आइतबार, माघ ११, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • यातायात कार्यालय मकवानपुरले उठायो २२ करोड ८१ लाख राजस्व

यातायात कार्यालय मकवानपुरले उठायो २२ करोड ८१ लाख राजस्व

 |  सोमबार, कात्तिक १२, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १२, २०८१

बागमती- यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को पहिलो तीन महिनाको अवधिमा २२ करोड ८१ लाख रूपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।

National life

नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आव २०८१/८२ को साउनदेखि असोज महिनासम्ममा सो कार्यालयले २२ करोड ८१ लाख ४७ हजार आठ सय दुई रूपैयाँ राजस्व संकलन भएको कार्यालय प्रमुख प्रवीण श्रेष्ठले जानकारी दिए। 

उनका अनुसार चालु आवको तीन महिनामा सवारी करबाट दुई करोड ७४ लाख ६४ हजार नौ सय ५१, सवारी चालक अनुमतिपत्र वितरणबाट सात करोड ५८ लाख ७२ हजार ४८, यातायात क्षेत्रको आम्दानीबाट १२ करोड ४८ लाख दुई हजार पाँच सय ५३ तथा बेरुजुबाट आठ हजार दुई सय ५० रूपैयाँ राजस्व संकलन भएको छ।

यस्तै चालु आवको सो अवधिमा मोटरसाइकल पाँच सय ७३ वटा, साना सवारी तीनसय ३२ वटा, टेम्पो/ई-रिक्सा दुई सय ४८ वटा, ठूला तथा मझौला सवारी एकसय ५८ वटा र ट्र्याक्टर एक गरी एक हजार तीनसय १३ नयाँ सवारी दर्ता भएको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए। यस अवधिमा नयाँ एक हजार एकसय ९६ र वर्ग थप आठसय ५९ गरी दुई हजार ५५ जनालाई सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण गरिएको प्रमुख श्रेष्ठले जानकारी दिए।

यस्तै सो अवधिमा एक हजार पाँच सय ४६ नवीकरण, २९ वटा प्रतिलिपी १७ नवीकरण प्रतिलिपी दिइएको जनाएको छ।

Laxmi sunrise bank
kumari

सो कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा विभिन्न शीर्षकमा ५६ करोड सात लाख १७ हजार रूपैयाँ राजस्व संकलन गरेको थियो भने चार हजार तीनसय ९९ वटा सवारी साधन दर्ता गरेको थियो। रासस

प्रकाशित: Oct 28, 2024| 20:31 सोमबार, कात्तिक १२, २०८१
प्रतिक्रिया दिनुहोस्