सोमबार, कात्तिक १२, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • बजाज मोटरसाइकलको साटासाट योजनाः जुनसुकै मोडल र ब्राण्ड साट्न सकिने

Siddartha premir insuranceSiddartha premir insurance

बजाज मोटरसाइकलको साटासाट योजनाः जुनसुकै मोडल र ब्राण्ड साट्न सकिने

 |  सोमबार, कात्तिक १२, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १२, २०८१

काठमाडौं- नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक एवं बिक्रेता हंसराज हुलास चन्द एण्ड कम्पनीले मोटरसाइकल साटासाटको आकर्षक योजना शुरु गरेको छ ।

triton college

यस योजनाअन्तर्गत जुनसुकै मोडल र जुनसुकै ब्राण्डको मोटरसाइकलसँग बजाजका जुनसुकै मोडलका मोटरसाइकल साटा–साट गर्न सकिन्छ ।

aहंसराज हुलास चन्द एण्ड कम्पनी प्रालिका निर्देशक अभिमन्यु गोल्छाले भने “बजाज बाइकको लोकप्रियता र हाम्रा ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राख्दै हामीले यो सुनौलो योजना शुरु गरेका हौँ । साथै हाम्रा ग्राहकहरूका लागि यस्ता नयाँ नयाँ योजनाहरु अझ अरू पनि ल्याउने प्रतिबद्धता पनि व्यक्त गर्दछौँ ।”

भण्डै ८० भन्दा धेरै देशमा लोकप्रियता हासिल गरेको बजाज मोटरसाइकलको यो साटासाट कार्यक्रम अन्तर्गत तुरुन्त फाइनान्सको व्यवस्था गरिनुका साथसाथै यस कार्यक्रम अन्तर्गत मोटरसाइकल साटासाट गरेका ग्राहकहरूलाई निःशुल्क बजाज मोटरसाइकलका सामग्रीहरु उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ । यो योजना यही कार्तिक ८ गतेदेखि शुरु भएको छ ।

प्रकाशित: Oct 28, 2024| 08:39 सोमबार, कात्तिक १२, २०८१
प्रतिक्रिया दिनुहोस्