बुधबार, जेठ १३, २०८३

हर्कुलस बस्नेतको 'मेरो अन्तिम माया' [भिडियोसहित]

 |  आइतबार, कात्तिक ११, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ११, २०८१

काठमाडौं- स्थापित संगीतकार तथा गायक हर्कुलस बस्नेत र 'दि कुज' ब्याण्डको संयुक्त प्रस्तुतिमा गीत 'मेरो अन्तिम माया' सार्वजनिक भएको छ। हालै युट्यूवबाट वर्ल्ड प्रिमियर गरिएको गीतले प्रेमभाव प्रस्तुत गर्छ।

National life

प्रेम प्राप्तिको लागि गरिएको त्याग र प्रतिक्षालाई गीतको शब्दमार्फत वर्णन गरिएको छ। गीतको संगीत हृदयस्पर्शी छ। गीतमा स्वर तथा संगीत हर्कुलस एण्ड ब्याण्डको छ। शब्द रचनाकार उर्मिला गुरुङ हुन्।

झण्डै एक दशक लामो सांगितिक करियरमा थुप्रै फिल्ममा संगीत भरिसकेका हर्कुलस युवा पुस्तामा रुचाइएका सर्जकमा पर्छन्। उनले गीतमा जोड्ने मेलोडियस संगीतले मन्त्रमुग्ध पार्छ। 'जेरी', 'ड्रिम्स', 'गाजलु' लगायतका फिल्ममा उनको गायन र संगीत जोडिएका थुप्रै गीत करोडौंले हेरेका छन्।

पछिल्लो रिलिज यो गीतमा मिक्सिङ तथा मास्टरिङ निश्चल भण्डारीको छ। गौरव बिष्टले छायांकन तथा सम्पादन गरेका हुन्। 'मेरो अन्तिम माया'लाई अमेरिका रहँदै आएकी दिलाशा बस्नेतले निर्माण गरेकी हुन्।

संगीतको कुनै वर्ग र सिमा नहुने भन्दै युवा पुस्तादेखि वयस्कसम्मका संगीत पारखीहरूलाई लक्षित गरेर यो गीत तयार गरिएको हर्कुलस बताउँछन्।

Shivam cement

प्रकाशित: Oct 27, 2024| 17:48 आइतबार, कात्तिक ११, २०८१
प्रतिक्रिया दिनुहोस्