मंगलबार, जेठ १९, २०८३

खेतबारीमा रमाउँदै वार्षिक पाँच लाख आम्दानी

 |  आइतबार, कात्तिक ११, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ११, २०८१

जुम्ला- खेतबारीलाई प्रमुख कार्यस्थल बनाएका तिला गाउँपालिका-८ का २२ वर्षीय दीपक रावतले गाउँमा अग्रणी किसानको परिचयमात्र बनाएका छैनन्, लोभलाग्दो आम्दानी पनि गर्दै आएका छन्।

National life

जिल्लामा उनी उदाहरणीय उद्यमीका रूपमा चिनिएका छन्। उद्यमी रावतले व्यावसायिक ढंगले फलफूल नर्सरी मात्र सञ्चालन गरेका छैनन्, स्याउ, ओखर र बारीमा मौसमी सागसब्जी पनि फलाएका छन्।

उनको फार्ममा ओखर र स्याउका बिरुवासँगै अलिपर बोटमा लटरम्म ओखर र स्याउ फल्छन्। यस वर्ष उनले स्याउ बेचेर ४० हजार रूपैयाँ कमाएको बताए। बिरुवा बेचेर अधिक लाभ हुने बताउँदै उनले स्याउका बिरुवा बेचेर बर्सेनि तीन लाखभन्दा बढी आम्दानी गर्दै आएको जानकारी दिए।

कृषिकर्ममा केन्द्रित उनले हाल दुई सयवटा ओखरका बिरुवा हुर्काएका छन्। 'कर्णाली प्रदेश सरकारको बेरोजगार कृषि प्राविधिक छनोट अनुदान कार्यक्रमबाट छनोट भइ कृषि विकास कार्यालयको ५० प्रतिशत अनुदानमा तीन लाख रूपैयाँ लगानीमा तीन हेक्टर जग्गामा स्याउ, ओखरको नर्सरीसँगै सागसब्जी र फलफुलखेतीबाट वार्षिक तीनदेखि पाँच लाख रूपैयाँसम्मको आम्दानी हुने गरेको छ,' भविष्यमा स्याउ ओखर तथा फुलफूलखेती विस्तार गर्ने लक्ष्यका साथ खेती विस्तारमा जुटेको जानकारी दिँदै उनले भने। वार्षिक १० लाख रूपैयाँ कमाउने लक्ष्यका साथ बोटबिरुवा बाढाएको उनले बताए।

अठार महिना कनिष्ठ प्राविधिक सहायक (जेटिए) का रूपमा काम गरेका तथा वनस्पति र बाली विज्ञान (आइएसएजी) पनि अध्ययन गरेका उनलाई  कृषि क्षेत्रमा काम गर्न असहज छैन। स्वदेशमा व्यावसायिक रूपमा काम गर्नसके अर्काको देशमा गएर पसिना बगाउनु नपर्ने उद्यमी रावतको बुझाइ छ।

Shivam cement

आफ्नो कृषि फार्मका उत्पादन स्थानीय बजार रारासेरी, नाग्म कुडारी र खलंगा बजारसम्म पुग्ने गरेको छन्। स्याउ र ओखरका बिरुवा मुगु र कालिकोटबाट पनि किन्न आउने किसानको सङ्ख्या बढेको उनी बताउँछन्। माअनुसार आपूर्ति गर्न नसकेको बताउँदै उनले राज्यबाट प्राप्त अनुदानले साना किसानलाई उद्यमशील बन्न प्रेरित गरेको अनुभव सुनाए। रासस

प्रकाशित: Oct 27, 2024| 17:01 आइतबार, कात्तिक ११, २०८१
प्रतिक्रिया दिनुहोस्