शुक्रबार, पुस ४, २०८२

जाडो बढे पनि घटेनन् डेंगीका बिरामी

 |  शनिबार, कात्तिक १०, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १०, २०८१

पर्वत- जाडोयाम सुरु भए पनि यस वर्ष जिल्लामा डेंगीका बिरामी घटेका छैनन्। आवश्यक सावधानी नअपनाउँदा गत वर्षभन्दा यस वर्ष सङ्क्रमितको सङ्ख्या एक हजार दुई सय ८९ ले बढेको जिल्लास्थित स्वास्थ्य कार्यालयले जनाएको छ।

National life

कार्यालय प्रमुख प्रवीण शर्माका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष साढे पाँच सय प्रतिशत भन्दा बढी व्यक्तिमा सङ्क्रमण भइसकेको छ। गत वर्ष दुई सय २५ मा सङ्क्रमण देखिएकामा यस वर्षको हालसम्म एक हजार पाँच सय १४ जना सङ्क्रमित भइसकेको उनले जानकारी दिए।

अहिले पनि जिल्लाका अस्पताल तथा स्वास्थ्य संस्थामा आउने बिरामीमा सङ्क्रमण पुष्टि भइरहेकाले सङ्क्रमितको सङ्ख्या अझै बढ्ने प्रमुख शर्माले बताए। जाडो मौसम भए पनि बिरामीको सङ्ख्या बढिरहेको भन्दै डेंगी र मौसमी फ्लूका बिरामीले अहिले अस्पताल भरिभराउ बनेका उनले उल्लेख गरे।

स्वास्थ्य कार्यालयका प्रमुख शर्माका अनुसार सङ्क्रमितमध्ये सबैभन्दा बढी कुश्मा नगरपालिकामा एक हजार एक सय ७१ जना छन्। यो कूल सङ्क्रमितको ८२.८१ प्रतिशत हो। त्यस्तै फलेवास नगरपालिकामा ७५, मोदी गाउँपालिकामा ४८, जलजला गाउँपालिकामा २३ जना, पैयुँ गाउँपालिकामा सात, विहादी गाउँपालिकामा सात, महासिला गाउँपालिकामा चार र बाँकी अन्य जिल्लाबाट आएकामा सङ्क्रमणको पुष्टि भएको उनले जानकारी दिए।

लामखुट्टेको टोकाइ बढ्दै जाँदा डेंगीको जोखिम पनि बढ्दै जाने भएकाले सचेत हुन स्वास्थ्य कार्यालय पर्वतले अनुरोध गरेको छ। लामखुट्टेको टोकाइबाट बच्न आफ्नो घर वरपर, कार्यस्थल र सार्वजनिक ठाउँमा पानी जम्न नदिने, पानी राख्ने भाँडा लामखुट्टे नछिर्ने गरी छोप्ने, लामखुट्टे भगाउने धूप बाल्ने र मलम लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, झुल लगाएर मात्र सुत्ने, पूरै शरीर ढाक्ने गरी लुगा लगाउनुपर्ने चिकित्सकहरूको सुझाव छ।

Laxmi sunrise bank
kumari

अस्पतालमा परीक्षण गरिएको तथ्यांकबाहेक निजी अस्पताल र क्लिनिकहरूमा पनि उल्लेख्य सङ्ख्यामा सङ्क्रमित फेला परेको जानकारी प्राप्त भइरहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाले बताए। डेंगीसँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामीको दैनिक चाप बढ्दै गएको भन्दै जटिल प्रकृतिका बिरामीको मात्र परीक्षण गर्ने गरिएको उनले जानकारी दिए।

डा. बास्तोलाका अनुसार दैनिक २० देखि ३० जना सङ्क्रमित भेटिएका छन्। सरकारले उपलब्ध गराएको डेंगी परीक्षण किट सकिएर अहिले आन्तरिक स्रोतबाट व्यवस्थापन गरिएकाले जटिल लक्षण देखिएका बिरामीको मात्रै परीक्षण गर्न थालिएको उनले बताए। बिरामी बढेकाले अस्पताललाई आर्थिक भार बढेको उनले बताए।

अधिकांश बिरामीले निजी मेडिकलबाट औषधि किनेर खाने गरेका औषधि व्यवसायीहरूले बताएका छन्। लक्षण देखिएका सबै बिरामी अस्पताल जाने सङ्क्रमितको सङ्ख्या अझै वृद्धि हुने व्यवसायीहरू बताउँछन्। 

प्रकाशित: Oct 26, 2024| 20:31 शनिबार, कात्तिक १०, २०८१
प्रतिक्रिया दिनुहोस्