मंगलबार, साउन १२, २०८३

बझाङबाट अपहरण भएका धनराज तीन दिनपछि पलियाबाट मुक्त

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- बझाङबाट तीन दिनअघि अपहरणमा परेका एक युवकलाई भारतको पलियाबाट अपहरण मुक्त गरिएको छ। भारतको उत्तर प्रदेशस्थित खिरी जिल्लाको पलियामा लगेर राखिएका बझाङको दुर्गाथली गाउँपालिका- ४ का धनराज जोशीलाई कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठको पहलमा अपहरणमुक्त गरिएको हो। 

दुर्गाथली गाउँपालिका अध्यक्ष प्रयागराज जोशीले कैलालीका प्रमुख जिल्ला अधिकारीलाई अपहरण परेका जोशीलाई मुक्त गराईदिन आग्रह गरेपछि प्रशासन प्रहरी शसस्त्र प्रहरी लगायतको समन्वयमा जोशीलाई अपहरणमुक्त गरेर नेपाल ल्याईएको हो। 

उनलाई स्थानीय जनप्रतिनिधिहरुको जिम्मा लगाईएको छ। दुर्गाथली गाउँपालिका ४ का २६ वर्षीय जोशीलाई भारतीय एसएसबीसंग समन्वय गरी अपहरण मुक्त गरेर जन प्रतिनिधिको जिम्मा लगाइएको सशस्त्र प्रहरी वल, नेपाल ३४ नम्बर गण धनगढीका गणपती सशस्त्र प्रहरी नायव उपरीक्षक विष्णु प्रसाद भट्टले जानकारी दिए। 

पलिया घर भएका ५० बर्षीय रेहाना खाँ र जोशीले मिलेर जेसिभी स्काभेटर भाडामा लिएर सञ्चालन गरिरहेका थिए । दुवै बीच केही मतभेद भएछि खाँ ले जोशीलाई घुम्न जाउ भनेर पलिया पुराएर अपहरण गरेको बुझिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।